बबिता बमले नै खोलिन निर्मला बलात्कारको भित्रि रहस्य


प्रकाशित मिति : भाद्र ३०, २०७५ शनिबार

प्रहरीले छानबिन गर्न नसकेपछि निर्मलाको आमाले आफै सुरु गरिन छानबिन भिडियो हेर्नुहोस् :! बबिता बमले नै खोलिन निर्मला बलात्कारको भित्रि रहस्य सक्दो शेयर गरौसाउनको दोस्रो साता बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका आमाबुवा आफूले न्याय नपाएको भन्दै केन्द्रका नेता र सरकारलाई न्यायका लागि गुहार्न राजधानी काठमाण्डू आइपुगेका छन्प्रधानमन्त्री र गृहमन्त्रीसहित विभिन्न दलका नेताहरूलाई भेटेर न्यायको माग गर्ने उनीहरूले बताएका छन्। तीन दिनसम्म अवरुद्ध भएको बाटो खेपेर उनीहरू बुधवार बिहान मात्रै राजधानी आइपुगेका हुन्। उनीहरूसँगै महेन्द्रनगरका नौ महिला अधिकारकर्मी पनि आएका छन्।

किन बढिरहेका छन् बलात्कारका घटनाबलात्कार घटनाबारे संसद्‍मा चर्को बहस राजधानी आउनुको कारणबारे निर्मलाकी आमा दुर्गादेवी पन्तले भनिन्, “झन्डै दुई महिना पुग्न लाग्दासम्म न्याय पाउँछौँ कि भन्ने आशामा महेन्द्रनगरमै बस्यौँ। तर न्याय नपाउने अवस्था आएपछि सरकारका ठूला मान्छेलाई भेट्न काठमाण्डू आयौँ।”न्याय नपाउने अवस्था आएपछि सरकारका ठूला मान्छेलाई भेट्न काठमाण्डू आयौँ दुर्गादेवी पन्त, हत्या गरिएकी निर्मला पन्तकी आमा ‘लापरबाही’ छोरीको हत्यासम्बन्धी अनुसन्धानमा प्रहरीले सुरूदेखि नै ‘लापरबाही’ गरेको दुर्गादेवीको आरोप छ।छोरी हराएको सूचना दिएलगत्तै खोजीमा चासो नदिइएको, प्रमाणहरू नष्ट गरिएका र अनुसन्धानको दायरामा ल्याउनुपर्ने व्यक्तिलाई नल्याइएको उनको दाबी छ। दुर्गादेवीले भनिन्, “सबै तीजमा रमाउँदैछन्, हामी न्यायका लागि हारगुहार गर्दैछौँ। अब न्याय नपाएसम्म महेन्द्रनगर फर्किँदैनौँ।”अनुसन्धानका क्रममा पक्राउ गरिएका दुई महिलासहित सबै तीन जना रिहा भइसकेका छन्।आशङ्का छिट्टै प्रतिवेदन सार्वजनिक गर्छौँ भनेर आएका छानबिन समितिका सदस्यले राजीनामा दिनुले अझै आशङ्का बढाएको निर्मलाका बुवा यज्ञराज पन्तले बताए।

प्रधानमन्त्रीलाई भेटेर भन्छु कि हामीलाई नेपाली होइनौँ भनिदिनुपर्‍यो, होइन भने न्याय दिनुपर्‍योयज्ञराज पन्त, हत्या गरिएकी निर्मला पन्तका बुवा उनले भने, “प्रधानमन्त्रीलाई भेटेर भन्छु कि हामीलाई नेपाली होइनौँ भनिदिनुपर्‍यो, होइन भने न्याय दिनुपर्‍यो।” प्रधानमन्त्रीले केही दिनअघि एउटा टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिले मन दुःखेको पनि उनले बताए। “भेट्नुपर्ने कसैलाई पनि नछोडी भेट्छौँ, तर न्याय नपाई फर्किँदैनौँ।”यो पनि : १३ वर्षीया निर्मला पन्तको हत्याको अभियोगमा पक्राउ गरेका दिलिपसिंह विष्ट, रोशनी बम र बबिता बम तारेखमा रिहा भएका छन् । निर्मला पन्त हत्या अभियोगमा पक्राउ परेका रोशनी र बबिता दिदीबहिनी पनि मंगलबार छुटेका छन् ।

उनीहरूलाई प्रहरीले जिल्ला सरकारी वकिलको सहमतिमा हाजिर जमानी र धरौटीमा रिहा गरेको जनाएको छ । निर्मला पन्त हत्याका मुख्य अभियुक्त भनी पक्राउ गरेको दिलिप सिंह विष्ट र रोशनी बमलाई हाजिर जमानीमा छाडेको छ । बबिता बमलाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गरेको कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतले बताएका छन् ।साउन १० गते रोशनीको घर गएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । रोशनी र बबिता दिदीबहिनीलाई स्थानीय प्रहरीले अनुसन्धानको दायरामा ल्याएन ।आन्दोलन चर्किएर प्रहरीको गोलीबाट एक बालकको मृत्यु भएपछि स्थानीय प्रशासन र प्रहरीको नेतृत्व परिर्वतन गरेपछि मात्र बम दिदीबहिनी पक्राउ परेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com