निशानामा रामबहादुर बम्जन, १८ पटक बलात्कार गरेको विषयमा पत्रकार सम्मेलन
प्रकाशित मिति : भाद्र ३०, २०७५ शनिबार
देशैभरी बलात्कारका घटना बढन थालेपछि अधिकारकर्मीहरु समेत जुर्मुराएका छन् ।
आज देशभरि नै स्वतःस्फूर्तरुपमा निर्मला पन्तको हत्याको छानबीन माग गर्दै प्रदर्शनमा उत्रिएसँगै धर्मगुरु भनेर दावी गर्ने राम बहादुर बम्जनविरुद्ध महिलाहरु खनिने भएका हुन ।
राम बहादुर बम्जनले एकजना महिलालाई दर्जनौंपटक बलात्कार गरेको कुरा सार्वजनिक भएपछि महिला अधिकारकर्मीहरुले पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
सामुदायिक सूचना नेटवर्क सिआइएन चाकुपाट ललितपुरमा अहिले केही छिनपछि पत्रकार सम्मेलन हुन गइरहेको छ ।






