सुस्मिताले अरु सगैँ बिहेको निर्णय गरेपछि, भूवनको यस्तो प्रतिक्रिया


प्रकाशित मिति : भाद्र २९, २०७५ शुक्रबार

नायिका तथा निर्मात्री सुस्मिता केसीले सन् २०१९ को भ्यालेन्टाइन डेमा बिहे गर्ने भएकी छिन् । उनले सिंगापुरमा इन्गेजमेन्ट गरेकी छिन् । अष्ट्रेलियाका ग्यास व्यापारी किलन स्वामीसँग उनले इन्गेजमेन्ट गरेकी हुन् । सुस्मिताले इन्गेजमेन्ट गरेपछि यस बिषयमा विभिन्न खालका प्रतिक्रिया आएका छन् ।

यस बिषयमा सुस्मिताका पूर्व पति नायक भूवन केसीले आफ्नो प्रतिक्रिया दिएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भने(‘म उनलाई सफल दाम्पत्य जीवनको शुभकामना दिन चाहन्छु ।’ भूवनले अगाडि भने(‘अनमोल ५ बर्षको हुँदा मसँग डिभोर्स गरेर अलग हुने निर्णय पनि उनले आफै लिएकी थिइन् । यसपटक बिहेको निर्णय पनि उनको आफ्नै हो । म उनलाई शुभकामना दिन चाहन्छु ।’

भूवनका अनुसार उनी र सुस्मिताविच डिभोर्स हुँदा नायक अनमोल केसी ५ बर्षमा मात्र थिए । सुस्मिताले किलनसँग बिहे गर्ने तयारी गरिरहँदा आफ्नो जीवन पूर्ण भएको बताएकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com