८ किलो सुन राखेर बनाइयो मनकामना मन्दिर


प्रकाशित मिति : भाद्र २९, २०७५ शुक्रबार

प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको पुनर्निर्माण सकिएको छ। १३ करोड रुपैयाँमा जीर्णाेद्वार सकिएको मन्दिर २०७२ असारमा क्षमा पूजा गरेर भत्काइएको थियो। जीर्ण भएको मन्दिरलाई भूकम्पले थप जीर्ण भएपछि भत्काइएको थियो। नेपाल सरकार र भक्तजनबाट आएको रकमबाट जीर्णाेद्वार सम्पन्न भएको मन्दिर जीर्णाेद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए। ‘जीर्णोद्वारको काम सकिएको छ, सरसफाइको काम बाँकी छ,’ श्रेष्ठले भने, ‘सरसफाइको काम सकेपछि दसै‌ंमा भक्तजनले मन्दिरमै पूजा गर्न पाउँछन्।’

अहिले मनकामना मन्दिरकै छेउमा मन्दिरको प्रतिमा बनाएर पूजा गर्ने व्यवस्था मिलाइएको छ। सरकारको चार करोड र भक्तजनको आठ करोड रुपैयाँले मन्दिर जीर्णोद्वार गरिएको अध्यक्ष श्रेष्ठलले जानकारी दिए। जीर्णोद्वार गरिएको मन्दिरमा तामाको पातामा सुनको जलपले पोतिएको छ। मन्दिर पुरै सुनौलो देखिएको छ। सुनकै जलप लगाएर गजुर समेत राखिएको छ। १८ किलो सुन खर्चेर मन्दिरमा जलप लगाइएको समितिले जनाएको छ। मन्दिरको आँगनमा ढुंगा छाप्ने काम पनि गर्न लागेको छ। ‘मन्दिरको पछाडि भागमा पर्खाल लगाउने र आँगनमा ढुंगा पनि छाप्ने तयारीमा छौँ’ उनले भने, ‘यति गरेपछि मन्दिरको आयु पनि बढ्ने छ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com