ट्रक दुर्घटनामा परी २० जनाको मृत्यु


प्रकाशित मिति : भाद्र २८, २०७५ बिहीबार

गाँउबाट यात्रु लिएर आएको एउटा ट्रक दुर्घटना हुँदा मालीमा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

मालीको मध्यभागतिर ट्रकभरी स्थानीय नागरिकलाई बोकेर ट्रक गइरहेका बेला नदीमा खसेर दुर्घटना भएको स्थानीय सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । ट्रकमा ८० जनाभन्दा बढी स्थानीय रहेको दुर्घटनामा बाँच्न सफल एक यात्रुले बताए ।

प्रहरीको प्रारम्भिक विवरणले ट्रकको ब्रेक फेल भएर दुर्घटना भएको देखाएको छ । स्थानीय समय अनुसार सोमबार राति साये क्षेत्रको मध्य भागमा दुर्घटना भएको हो ।

‘दुर्घटनामा परेका मध्ये ६३ जनाको उद्धार गरिएको छ भने अरूको खोजी कार्य भइरहेको छ,” सरकारी पक्षले जारी गरेको एक वक्तव्यमा लेखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मालीमा सडक र सवारी साधनको खराब अवस्थाका कारण बेला बेलामा धेरै मानवीय क्षति हुने यस्ता दुर्घटना हुने गरेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com