मुकेश अम्बानीका छोराको विवाहको लागि तयार भयो यति महँगो निमन्त्रणा कार्ड ! कति होला मूल्य ?
प्रकाशित मिति : भाद्र २८, २०७५ बिहीबार
मुकेश अम्बानी भारतका सबै भन्दा धनि व्यक्ति हुन् र मुकेश अम्बानीसँग जोडिएका सम्पूर्ण समाचारहरुले पनि राम्रै ठाउँ पाउने गरेका छन्।भारतिय मिडियाका अनुसार अहिले मुकेश अम्बानीका जेठा छोरा आकाश अम्बानीको विवाहको विषयले भारतीय संचार माध्यममा ब्यापक चर्चा छ । केहि समय अघि आकाशको विवाह श्लोका मेहतासँग पक्का भएर यी दुईको इन्गेजमेन्ट भएको थियो।केहि समय अगाडी मात्रै यस विवाहको कार्डका केहि तस्विरहरु सामाजिक संजालमा भाइरल भएका छन् ।
यस विवाह निमन्त्रणा कार्ड डिजिटल भएकोले धेरैनै महँगो भएको भए पनि विवाहको कार्डको चर्चा धेरै आएको छ। अम्बानी परिवार संस्कारमा पनि धेरै मान्यता राख्ने भएको कारण विवाहको कार्ड पनि संस्कार अनुसारनै बनाइएको बुझिएको छ।अहिले सामाजिक संजालमा यस कार्डको मूल्यको बारेमा पनि ठुलै चर्चा भएको छ। उक्त कार्डको मूल्य भारतीय ५० लाख रुपैयाँ पर्ने जानकारीमा आएको छ ।