मन्दिर छोएको निहुँमा पिटिए दलित
प्रकाशित मिति : भाद्र २८, २०७५ बिहीबार
बारामा मन्दिर छोएको निहुँमा दलित समुदायमाथि सांघातिक आक्रमण भएको छ ।
पावरवाानीपुर गाउँपालिका ३, लिपनीमालस्थित मन्दिर दलित बालकले छेएको भन्दै कुटपिट भएको हो ।
स्थानीइ गैरदलितको कुटपिटबाट समुन राम, उनका दाजु उमेद र भनिज आकाश गम्भीरु घाईते भएका छन् ।
उनीहरुको उपचार पर्साको बहुअरीस्थित वीरगन्ज हेल्थ केयर हस्पिटलमा भईरहेको छ ।
सुमनको सघन उपचार कक्षमा तथा उमेद र अचाकाशको जनरल वार्डमा उपचार भईरहेको छ ।
स्थानीय दलितका अनुसार घटना चार दिनअघिको करिमन रामका सानो छोरा बदरीले वस्तीनजिकै रहेको मन्दिरको धारामा गएर पानी खाएका थिए ।
त्यसपछि मन्दिरका बाबा रामदयाल यादवले अछुत जात भएर धारा छोएको भन्दै बदरीलाई बेस्सरी कुटे ।
त्यसको विरोध गर्दा बाबा यादव र दीपका यादवको अगुवाईमा आफुहरुमाथि आक्रमण भएको उपचारत उमेदले बताए ।, आजको नागरिकदैनिकको पहिलो पृष्ठमा यो खबर छ ।