फेरी सरकार ढाल्ने खिचडी पाक्दै !


प्रकाशित मिति : भाद्र २७, २०७५ बुधबार

दुइतिहाई बहुमतको सरकारले छ महिनाको अवधि पूरा गरिनसक्दै अर्को सरकार त्यो पनि खिचडी प्रकृतिको सरकार बन्ने चर्चा सुरु भएको छ । भारी जनमत विरुध्द किन यसरी अनौठो किसिमको राजनीतिक चलखेल सुुरु भयो त । सेना र सर्बोच्चको नेतृत्व फेरिनु, नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल भारतको अर्थपूर्ण भ्रमणबाट फर्किनु लगत्तै संसदको गणितलाई नै चुनौति दिने किसिमको नयाँ राजनीतिक चलखेल किन भैरहेको छ भन्ने बारेमा यस्तो छ अन्तकथा–

अव फेरी डा. बाबुराम भट्टराईको सरकारको कुरा गर्दछन् त !

खासै पत्यार त लागिहालेको छैन तर सत्तारूढ दलभित्रको प्रचण्ड नेतृत्वको पूर्व माओवादी समूह, वामदेव–झलनाथ समूह, उक्त दल भित्रको क्रिश्चियन लबी, काङ्ग्रेसभित्रको कट्टर गणतान्त्रिक लबी, हृदयेश त्रिपाठी समूह र राजपाहरू ओलीको ठाउँमा डा. बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने गृहकार्यमा छन् पो भनिँदो रहेछ त !

ओली विरुद्धको चौतर्फी प्रहार र पार्टीको आन्तरिक असहयोगको पछाडि त्यो रणनीतिले काम गरिरहेको छ रे !

ओली गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षताको सवालमा त्यति प्रतिवद्ध नभएकोले भारतीय राजनीतिमा मोदी विरोधी राजनीतिक शक्तिहरू, भारत र पश्चिमका क्रिश्चियन लबी सबैतिरबाट ओलीमाथि आक्रमण बढाएर उनी विरूद्ध शक्तिशाली जनमत निर्माण गर्ने र, त्यसैको नाऊँमा पार्टीको भविष्यको नाऊँमा उनी विरुद्ध पार्टीलाई उभ्याउन सकिने सोच अन्तर्गत काम भैरहेको छ रे !

ओलीको दलकै र उनी निकट भनिएका मूख्यमन्त्रीहरूले एकपटक प्रधानमन्त्री र आफ्नै दलका नेता तथा अध्यक्षसँग एकचोटी पूर्व परामर्श समेत नगरी संघीय सरकार विरुद्धको सामूहिक मोर्चावन्दीले पनि भित्रभित्रै ठूलै भाँडोमा खिचडी पाकिरहेको संकेत गर्दछ !

बाबुरामलाई अघि सारेर ओलीलाई हटाउने अनि आफू नै नेतृत्वमा जाने प्रचण्ड रणनीतिमा समर्थन र सहयोगकोलागि मुख सुघ्न प्रचण्ड भारत गएका र त्यही क्रममा चीन जान लागेका भन्छन् !

भन्छन् – ओलीका दाहिने हात भनेर चिनिएका पूर्व एमालेका अन्तर्राष्ट्रिय क्षेत्रमा पहुँच भएका केही असक्षम मन्त्रीहरू र ओलीका प्रमुख सहयोगीहरू पनि त्यो रणनीतिका अङ्ग छन् !

दशैं तिहारपछि सघनरूपमा आउने यो रणनीतिलाई ओली सरकार गठन भएको बर्ष दिन पुग्ने बेलासम्ममा कार्यान्वयन गराई सकिन्छ र,
बाबुरामको हालैको धर्मनिरपेक्षताको स्थानमा धार्मिक स्वतन्त्रता राख्न भारतले दवाव दिएको र त्यसलाई नसुनिएकोले भारतले नाकावन्दी लगाएको धारणालाई सार्वजनिक गर्नु पछाडि नेपाल, भारत र पश्चिमा राष्ट्रहरूको क्रिश्चियन लबीलाई नेपाली राजनीतिमा पुन सशक्त हैसियतमा स्थापना गर्नु र आफ्नो राजनीतिक महत्वाकांक्षा सिद्धि गर्नु हो भन्ने मत पो सुनियो !

हिजो पत्यार नलाग्दा नलाग्दै खिलराज रेग्मी नेतृत्वमा सरकार बन्यो, स्थानीय, प्रदेश र केन्द्रियतहको निर्वाचन सफलतापूर्वक सम्पन्न भयो !
अस्थिरताको खेती गर्ने राजनीतिक व्यवसायमा लाग्नेहरूले जे पनि गर्न सक्दछन् नी होइन ?

मुखको तीतो पोख्न र त्यसैमा स्वाद लि घन्टौ समय खर्चिन सक्ने तर सरकारको सफलता, प्रभावकारिता र विश्वसनीयता बढाउन खासै समय दिन नसकिरहेका देखिने ओलीले गम्भीर ध्यान दिनु पर्ने विषय भने हो भन्ने लाग्दछ !

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com