दिलीप अपराधी होइनन् भन्दा गोली हानियो, सन्नी खुनाले ज्यान नै गुमाउनुपर्‍यो


प्रकाशित मिति : भाद्र २७, २०७५ बुधबार

दिलीप निर्दोष भएको भन्दै स्थानीयले ५ देखि ८ भदौसम्म आन्दोलन चर्काएका थिए । आन्दोलनका क्रममा भीमदत्त नगरपालिका–१८ सालघारीका सन्नी खुनाले ज्यान नै गुमाउनुपर्‍यो ।

आन्दोलनमा गोली लागेर घाइते भएका २० वर्षीय युवा अर्जुन भण्डारा १९ दिनदेखि बेहोस छन् । गोली लागेर अत्यधिक रक्तस्राव भएपछि उनले खुट्टा नै गुमाउनुपरेको छ । अस्पताल ल्याउन ढिला भएको र कोषहरू मरिसकेकाले चिकित्सकले खुट्टा काटेर फाल्नुपरेको उनका दाइ योगेन्द्रले बताए ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको आइसियू ४०८ नम्बर बेडमा उनको उपचार भइरहेको छ । अहिलेसम्म ३० पिन्ट रगत दिइसकिएको छ ।

‘१९ दिन भइसक्यो अझै भाइको होस आएको छैन । डाक्टरले एउटा खुट्टा पनि काटे । अब त यहाँ हुन्न टिचिङ लैजाउ भनेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दिमागमा असर पुगेको छ भन्छन् । त्यहाँ आइसियू बेड खाली नभएकाले लान सकिएको छैन,’ दाइ योगेन्द्रले भने, ‘प्रहरीले निर्दोषलाई बलात्कारी र हत्यारा भनेर समातेको विरोध गर्दा मेरो भाइले गोली खानुपर्‍यो । अब त हत्यारा र बलात्कारी भनिएका पनि छुटे । अपराधी कहाँ छ, सरकारले खोज्न सकेको छैन ।’

भीमदत्त नगरपालिका–१ भाँसीका १६ वर्षीय उमेश देउवा पनि घाइते भएका थिए । उनको अवस्था पनि सहज भएको छैन । हात र खुट्टामा गोली लागेका उनको शिक्षण अस्पतालको ४१४ नम्बर बेडमा उपचार भइरहेको छ । उनको गोली लागेको हात चल्दैन ।

चिकित्सकले ७/८ महिना अस्पताल बस्नुपर्ने हुन सक्छ भनेको उनका बुवा यज्ञ देउवाले बताए । सरकारले उमेशको उपचार खर्च मात्र निःशुल्क गरेको, तर खाना खर्च नदिएकाले समस्या परेको उनले बताए ।,

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com