१६० बर्ष पुरानो कानुन समाप्त पार्दै भारतमा समलिंगी सम्बन्धलाई सर्बोच्च अदालतबाट मान्यता


प्रकाशित मिति : भाद्र २१, २०७५ बिहीबार

समलिंगी सम्बन्धलाई गैरकानुनी ठहराउने १६० बर्ष पुरानो कानुनी प्रावधान समाप्त पार्दै भारतको सर्वोच्च अदालतले समलिंगी सम्बन्धलाई मान्यता पाएको छ । भारतको सर्वोच्च अदालतले बुधबार उपनिवेशकालिन उक्त प्रावधानलाई हटाएर समलिंगी सम्बन्धलाई अपराधको सूचीबाट हटाएको छ ।

झण्डै २४ बर्षको कानुनी लडाईपछि आएको यो फैसलालाई अधिकारकर्मीहरुले महान विजयको रुपमा हेरेका छन् । योभन्दा पहिले समलिंगी सम्बन्धलाई अपराध मानेर दण्डस्वरुप दश वर्षको कारावास अथवा आजीवन कारावास सजाय हुने व्यवस्था थियो ।

भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश दीपक मिश्रा, न्यायाधीशद्वय रोहिंटन नरीमन, एएम खानविल्कर, डी वाई चंद्रचूड र यंदू मल्होत्राको संयुक्त इजलाशले समलैंगिकताको पक्षमा सुनुवाइ गरेको हो । प्रधानन्यायाधिस दीपक मिश्राले आफ्नो फैसलामा समलिंगी यौन चाहना प्राकृतिक भएको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतीय दण्ड संहिताको धारा ३७७ मा समलैंगिक सम्बन्धलाई अपराध मानिएको थियो । सन् १९९४ मा धारा ३७७ लाई चुनौती पनि दिइयो । त्यतिबेला नै यसलाई अपराध मान्न नपाइने भनेर आवाज उठाइएका थिए । तर सर्वोच्च अदालतले यो मुद्धालाई माथि उठ्नै दिएन ।

सन् २००९ मा दिल्ली अदालतले समलिंगी सम्बन्धलाई मान्यता दिएको थियो । तर सर्वोच्च अदालतले दिल्ली उच्च अदालतको त्यो फैसलालाई उल्टाउँदै सन् २०१३ मा फेरि समलिंगी सम्बन्धलाई अपराधमा राख्यो ।

हालसम्म यसको विरुद्ध ३० भन्दा बढी रिट दायर भइसकेका थिए । सर्वप्रथम यसको विरुद्धमा रिट दाएर गर्नेमा नाज फाउन्डेसन थियो । नाज फाउंडेसनसँग मिलेर आईआईटीका बीस जना विद्यार्थीले पनि रिट दायर गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com