जापानको होक्काइदोमा शक्तिशाली भुकम्पमा परि २ जनाको मृत्यू, ४० सम्पर्कविहिन


प्रकाशित मिति : भाद्र २१, २०७५ बिहीबार

विहिवार विहानै जापानको होक्काइदोमा प्रारम्भिक ६ दशमलव ७ म्याग्नेच्यूड मापन गरिएको भुकम्प गएको छ । एनएचकेले दिएको पछिल्लो समाचारअनुसार २ जनाको मृत्यू भएको निश्चित भएको छ भने ४० जना हराइरहेका छन् । १२० जना घाइते रहेको समाचारमा उल्लेख छ । भुकम्पका कारण विद्युत प्रवाह ठप्प छ भने यातायातहरु रोकिएको साथै भुकम्पपश्चातको पहिरोमा परि घरहरु पुरिएको अधिकारीहरुले बताएका छन् । भुकम्पपश्चात ठूलो पराकम्प पनि गएको थियो ।

विहानै ३ बजेर ८ मिनेट जाँदा गएको भुकम्पका कारण पहिरो जाँदा धेरै घरहरु पुरिएक छन् । हजारौंको संख्यामा उद्धारकर्मीहरु परिचालन गरिएको स्थानीय सरकाले जनाएको छ । पहिरो गएका ठाउँहरुबाट हेलिकप्टरमार्फत उद्धार गर्ने काम जारी रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भुकम्पका कारण होक्काइदो इलेक्ट्रिक पावर कम्पनीको सहयाक उर्जा श्रोतसंगको सम्बन्ध विच्छेद हुँदा विद्युत प्रवाह बन्द भएको छ । त्यहाँका ३० लाख घरहरुमा विद्युत सुचारु हुन सकेको छैन भने साप्पोरो क्षेत्रमा टेलिफोन तथा टेलिभिजन समेत नचलेको बताइएको छ ।

त्यहाँ रहेका परमाणु प्लान्टहरुमा विकिरण स्तरमा कुनै असामान्य गतिविधि नभेटिएकाले विकिरण प्रवाहको कुनै खतरा नरहेको बताइएको छ ।

दक्षिणी होक्काइदोको लगभग ३७ किलोमिटरको गहिराईमा जापानी भूकम्प तीव्रता स्तर मापन अनुसार ७ मापन गरिएको भुकम्प सन् १९९६ यताकै ठूलो हो । भुकम्पका कारण सुनामीको खतरा भने छैन ।

न्यू चितोसे एअरपोर्टको एक भागमा सिलिङ भत्किएको र विद्युत प्रवाह पनि रोकिएका कारण आज दिनभर बन्द रहने यातायात मन्त्रालयले जनाएको छ ।

बुलेट ट्रेन तथा स्थानीय रेल सेवाहरु पनि अवरुद्ध रहेका छन् । सार्वजनिक बस तथा हाइवेहरु बन्द गरिएको बताइएको छ । स्कुलहरुसमेत आजका लागि बन्द गरिएको समाचारमा उल्लेख छ ।

 

धेरै सहरहरुमा अस्थायी आश्रयस्थलहरु तयार पारिसकिएको बताइएको छ ।

प्रधानमन्त्री सिन्जो आवेले सरकारले इमर्जेन्सी कार्यदल तयार गरिएको र खोजी तथा उद्धारको कार्यलाई प्राथमिकतामा राखिएको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com