हेर्नुहोस पोखराका यी ठाउँमा जोडिदै छ फ्रि वाईफाई


प्रकाशित मिति : भाद्र १९, २०७५ मंगलबार

पोखराका विभिन्न १० ठाउँमा फ्रि वाइफाई सेवा जोड्नका लागि सम्झौता भएको छ । पोखरा महानगरपालिकाले वल्र्डलिंकसँग सहकार्य गरेर १० ठाउँमा निशुल्क वाईफाई जोड्न लागेको हो ।

सम्झौतापत्रमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी र वल्र्ड लिंक प्रालिका सिइओ केशव नेपालले हस्ताक्षर गरे । सम्झौतापत्र अनुसार पोखराको विन्ध्यवासिनी मन्दिर, महेन्द्रपुल, वडा नम्बर ५ को चिल्डे«न पार्क, बाराहीघाट, मनिपाल अस्पताल, कोमागाने अस्पताल, डेभिजफल, शिसुवा अस्पताल, बेगनासतालको मन्दरे पार्क र लायन्स सामुदायिक अस्पतालमा निशुल्क रुपमा वाइफाई सेवा उपलब्ध हुनेछ ।

सामाजिक उत्तरदायित्व अन्तगर्त वल्र्ड लिंकले पोखरा केही ठाउँमा निशुल्क वाइफाई सेवा उपलब्ध गराउन लागेको प्रालिका सिइओ केशव नेपालले बताए । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पोखरालाई स्मार्टसिटी बनाउने अवधारण अनुसार महानगरबासीलाई इन्टरनेटमार्फत् घरघरमै सेवा पु¥याउन महानगर लागि परेको बताए ।

तीन वर्षको लागि गरिएको सम्झौताापत्रमा वाइफाइ जडानको लागि आवश्यक पर्ने विद्युतको व्यवस्थापन महानगरपालिकाले गर्नेछ । वाइफाइ सेवा सञ्चालनको सम्पूर्ण प्राविधिकको जिम्मा वल्र्ड लिंक प्रालिको हुने र सेवा अवरुद्ध भएका जुनसुकै समयमा पनि महानगरपालिकाले सम्झौता रद्ध गर्ने सक्ने उल्लेख गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com