हजुरबुवाबाट तीन वर्षदेखि १३ वर्षीया बालिका निरन्तर बलात्कृत


प्रकाशित मिति : भाद्र १९, २०७५ मंगलबार

कोहलपुरकी १३ वर्षीया बालिका तीन बर्षदेखि निरन्तर बलात्कृत हुँदै आएको खुलासा भएको छ ।

परिवारकै सदस्यलाई यसबारे जानकारी हुँदा पनि उनी निरन्तर बलात्कृत हुँदै आएको खुलासा भएको पीडितका दाजुले गरेका छन् । बहिनी बलात्कारको पीडाले विक्षिप्त भएपछि बल्ल प्रहरीसमक्ष पुगेको दाजुले बताएका छन् ।

मैले आन्टी काकीलाई पटकपटक भनेकी थिएँ, काकीले चुप लाग भन्नुभयो । हजुरबुबाले कतै भनिस् भने मार्दिन्छु भन्नुहुन्थ्यो, त्यसैले केहि बोलिनँ, बहिनीको भनाइृ उद्धृत गर्दै उनले भने ।

उनी पहिलो पटक १० बर्षको हुँदा बलात्कृत भएकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नातिनी बलात्कार गर्ने हजुरबुवालाई परिवारका सदस्यले नै संरक्षण गर्दै आएको खुलासा भएको हो ।
परिवारका अरु सदस्यलाई बलात्कारबारे जानकारी भए पनि आफुलाई धम्क्याएर तर्साएर सार्वजनिक गरे मारिदिने भन्दै जघन्य अपराध दबाउन हजुरबुवाले नै दबाब दिएको पीडित किशोरीको भनई छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com