निर्मला हत्या प्रकरण : प्रमाण नष्ट हुँदा अनुसन्धानमा गाह्रो


प्रकाशित मिति : भाद्र १६, २०७५ शनिबार

नयाँ आएको प्रहरीटोलीले एक महिनापछि निर्मला पन्त हराएको घरका रोशनी बम र बबिता बमलाई पक्राउ गरेर नयाँ शिराबाट अनुसन्धान थालेको छ। यसअघि स्थानीय र आफन्तले दबाब दिँदा समेत प्रहरीले बम दिदीबहिनीलाई पक्राउ गर्न आनाकानी गरेको थियो।

बम दिदीबहिनीबाट घटनाको रहस्य खुल्ने आशा स्थानीयले गरेका थिए। अघिल्लो शुक्रबार पक्राउ गरिएका बम दिदी बहिनीमध्ये रोशनीको सरकारी वकिल कार्यालयमा बयान भइसकेको छ भने बबिताको बाँकी छ। रोशनीले निर्मलाको हत्यामा आफूहरुको संलग्नता नरहेको र दिउँसो सबा २ बजे निर्मला आफ्नो घरबाट निस्केको बयान दिएकी छिन्। बम दिदीबहिनीको बयानबाट घटनाबारे तथ्य नखुलेमा प्रमाण धेरै नष्ट भइसकेकाले प्रहरीलाई अनुसन्धान गर्न जटिल देखिएको छ।

‘एक महिनापछिबाट अनुसन्धान गर्दा धेरै प्रमाण नष्ट भएको हुन सक्छ, घटनास्थलमा रहेका प्रमाण पानीले बगायो होला, कतिजनाले कुल्चे होलान्,’ कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायत भन्छन्, ‘सुरुको घटनास्थल देखेको भए एउटा माइन्ड सेट तयार भएर अनुसन्धानलाई साँघु र्याउँदै लैजान सहज हुन्थ्यो।’

प्रमाण नष्ट हुँदा अनुसन्धान गर्न गाह्रो भए पनि दोषी पत्ता लगाउन प्रयास भइरहेको उनले बताए। ‘पुराना मिसिल पनि अध्ययन गरिरहेका छौं, पुराना मिसिलका आधारमा सुरुको घटनास्थल र प्रमाणका बारेमा बुझिनेछ,’ उनले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अम्बाको बोट काटिनु शंकास्पद

निर्मलाकी साथी रोशनीको बारीमा रहेको अम्बाको बोट काटिनुमा पनि धेरैले शंका उत्पन्न गरेका छन्। निर्मलाको साइकल र किताब भेटिएको ठाउँमा प्लास्टिकको झोलामा अम्बा भेटिएका थिए। घटनाको अघिल्लो दिन (साउन ९ गते) निर्मलाको घरमा पुगेकी रोशनीले अम्बा खान र विज्ञानको गृहकार्य गर्न भन्दै साउन १० गते आफ्नो घर बोलाएकी थिइन्। नागरिक दैनिकमा खबर छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com