एशियाका सबैभन्दा धनी अर्बपती को ?


प्रकाशित मिति : भाद्र १५, २०७५ शुक्रबार

बीबीसी

एशिया महाद्वीपको तुलनामा उत्तरी अमेरिका र युरोपलाई सधैं सम्पन्न मानिन्छ । तर पछिल्लो महिना एउटा फिल्म रिलिज भयो ‘क्रेजी रिच एशियन्स’ । यी फिल्मले यस्तो धारणा धेरै हदसम्म परिवर्तन गर्न सफल रह्यो । एशियामा धनीको संख्या कसरी वृद्धि भइरहेको छ, उक्त फिल्मले देखाएको छ ।

सिंगापुरमा आधारित यो फिल्ममा शानदार सपिङ मल देखाइएको छ जसमा संसारभरीका महँगा ब्रान्डका सामान राखिएका छन् ।

हुन त यो वास्तविकता फिल्मी पर्दामा मात्र सिमित छैन । च्यारिटी संस्था अक्सफेम अनुसार एशिया–प्रशान्त क्षेत्रमा धनीहरुको संख्या उत्तरी अमेरिका र युरोपभन्दा धेरै भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो महाद्वीपमा संसारभरीका करोडपती र अर्बपतीको बसोबास छ ।

साथै, एशिया महाद्वीप संसारभरीको दुई–तिहाई गरिब कामदारको घर पनि हो ।

फोर्ब्स म्यागजिनका अनुसार मेगा रिच अर्थात् अत्यधिक धनीको संख्यामा अहिले पनि अमेरिका सबैभन्दा उच्च स्थानमा छ । त्यहाँ लगभग पाँच सय ८५ करोडपति छन् । तर एशिया महाद्वीपको प्रमुख देश चीन पनि अब अमेरिकाभन्दा धेरै पछि छैन । चीनमा करोडपतिको संख्या तीन सय ७३ छ ।

यस्तै, यदि एशियाको सबै देशका करोडपतिलाई मिलाउने हो भने यो संख्या ६ सय पुग्छ जुन अमेरिकाभन्दा धेरै हुन्छ । यो जानकारी अक्सफेममार्फत सूसी ग्लोबल वेल्थ डेटाबुक सन् २०१७ मा भएको आँकडाको विश्लेषणपछि दिइएको हो ।

सन् २००८ देखि २०१२ बीच चीनको वार्षीक विकास दर ८ प्रतिशतदेखि ११ प्रतिशतको बीचमा रह्यो जबकी यसै क्रममा अमेरिका र युरोपमा आर्थिक संकट बनेको थियो ।

न्यूयोर्कमा केपजेमिनी कम्पनीमा मार्केट इन्टेलिजेन्सका उप–प्रमुख चिराग ठकराल यसबारे भन्छन्, ‘चीन र भारतजस्ता ठूला देशमा जुन प्रकारको बजार बिस्तार भएको छ, यसले पछिल्लो केही वर्षमा यो पूरा इलाकाको आर्थिक तन्त्र बलियो भएको छ । यसका साथै, जापान, हंगकंग र सिंगापुरजस्ता देशमा पनि बजार विकसित भएको छ ।’

एशियाका धनी को हुन् ?

एशियाका सबैभन्दा धनी व्यक्ति पोनी मा भनिने हुआतेंग हुन् । फोर्ब्सको सन् २०१८ मा जारी गरिएको सूची अनुसार उनी संसारको १७ औं धनी व्यक्ति हुन् ।

पोनी मा चीनको सबैभन्दा ठूलो टेक कम्पनी टेसेन्ट होल्डिंग्सका मुख्य कार्यकारी हुन् । यो कम्पनीसँग विच्याटजस्ता प्रमुख मेसेजिङ एपको स्वामित्व छ । पोनी मासँग कूल चार हजार पाँच सय ३० करोड डलरको सम्पत्ति छ ।

फोर्ब्सको सूचीमा समावेश शीर्ष २० करोडपतीमा अलीबाबा कम्पनीका प्रमुख ज्याक मा पनि समावेश छन् । उनको कूल सम्पत्ति तीन हजार ९ सय करोड डलर छ ।

यस्तै, शीर्ष ३० मा हंगकंगका ली का–शिंग र चीनका वांग जिआनलिन समावेश छन् ।

यदि एशिया महाद्वीपको अलग–अलग देशमा सन् २०१५ को तुलनामा सम्पत्तिमा आएको वृद्धिको प्रतिशत हेर्दा इन्डोनेशियामा सबैभन्दा धेरै १४.३ प्रतिशत र थाइल्याण्डमा १३.३ प्रतिशतको वृद्धि दर्ता गरिएको छ ।

चीनमा यो ९.८ प्रतिशत छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com