यस्तो उपहार दिएर जाने भएथाईल्याण्डका प्रधानमन्त्रीले नेपाललाई !


प्रकाशित मिति : भाद्र १५, २०७५ शुक्रबार

अठार बुँदे काठमाण्डु घोषणापत्र जारी बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न भएको छ । सम्मेलन सम्पन्न भएसँगै नेपालले अध्यक्षता श्रीलङ्कालाई हस्तान्तरण गरेको छ ।

अठार बुँदे घोषणापत्रमा बिमस्टेकको सचिवालयको भूमिका बढाउने उल्लेख छ । सचिवालयलाई विभिन्न कार्यक्रम कार्यान्वयन गर्न सकिने बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकरी दिए ।त्यस्तै बिमस्टेकको चार्टर निर्माण तथा कानुनी संरचना तयार गर्नका लागि स्थायी समिति बनाउने पनि घोषणापत्रमा जनाइएको छ ।

सम्मेलनको समापन घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेकको उपस्थिति यसको प्रगति र क्षमताले देखिने बताए । उनले आफ्नो क्षमता अनुसार नेपालले सम्मेलन आयोजना गरेको उल्लेख गर्दै सरकार प्रमुख र राष्ट्रप्रमुखलाई ‘साइट सिइङ’ गराउन नसकेकोमा दुस्ख व्यक्त गरे ।

बिमस्टेकको रिट्रिट गोकर्ण रिसोर्टमा गर्ने तय भए पनि सारिएको थियो । नेपालले सम्मेलनस्थल होटल सोल्टीमा नै रिट्रिट कार्यक्रम गरेको थियो ।सम्मेलन घोषणाअघि बिमस्टेक राष्ट्रका परराष्ट्र मन्त्रीले बिमस्टिक ग्रिड स्थापना सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका थिए ।बिमस्टेक राष्ट्रहरुबीच ऊर्जा आदानप्रदानका लागि ग्रिड स्थापना गर्ने सम्झौता भएको हो । बिमस्टेकमा नेपालसँगै भारत, बंगलादेश, भुटान, श्रीलङ्का, म्यानमार र थाइल्याण्ड सदस्य रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com