बंगलादेशी प्रधानमन्त्री शेख हसिना काठमाडौमा , रक्षामन्त्रीद्वारा स्वागत


प्रकाशित मिति : भाद्र १४, २०७५ बिहीबार

आजदेखि राजधानीमा शुरू हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागिताका लागि बंगलादेशी प्रधानमन्त्री शेख हसिना काठमाडौं आइपुगेकी छन् । हसिना केहीबेर अघि मात्रै काठमाडौं आइपुगेकी हुन् ।

हसिनाको स्वागतका लागि रक्षामन्त्री ईश्वर पोखरेलसँगै परराष्ट्र मन्त्रालयका अधिकारीहरु विमानस्थल पुगेका थिए । सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारतसमेत अर्पण गरेको थियो ।

हसिना विमानस्थलबाट सम्मेलनस्थल सोल्टी होटल पुगेकि छिन्।
अब बिम्स्टेक राष्ट्रका ७ मध्ये थाइल्यान्डका प्रधानमन्त्री मात्रै आउन बाँकी छ । उनी अबको केहीबेरमा काठमाडौं अवतरण गर्ने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com