बुटवलमा छात्रामाथि यौन दुर्ब्यवहारको आरोपमा प्रिन्सीपल पक्राउ


प्रकाशित मिति : भाद्र १३, २०७५ बुधबार

एक निजी स्कुलका प्रिन्सीपल छात्रामाथि यौन दुर्ब्यवहारको आरोपमा पक्राउ परेका छन् ।
बुटवल ११ नहरपुरमा ज्ञानपुञ्ज सेकेन्डरी इंगलिस बोर्डिङ स्कुलका प्रिन्सीपल तोयाराम पौडेललाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो ।

स्कुलको होस्टेलमा बस्ने कक्षा १० कि छात्रामाथि अभद्र ब्यवहार गर्ने, गोप्य अङ्गहरु छुने, छात्राहरूलाई राति एक्लै बोलाएर बलात्कारको प्रयाससम्म गर्ने गरेको आरोप अभिभावक र स्थानीयले लगाएको प्रहरीले जनाएको छ । ती छात्राले आफ्ना आमाबुबासंग प्रिन्सीपल पौडेलले गरेको दुर्ब्यवहार बारेमा बताएपछि बुधबार स्थानीयले विहानैदेखि विरोध प्रदर्शन र नाराबाजी गरेका छन् । स्थानीयको प्रदर्शनका कारण विहानैदेखि विद्यालय परिसरमा तनाव उत्पन्न भएको छ ।

आक्रोशित प्रदर्शनकारीले विद्यालयमा तोडफोडको समेत प्रयास गरेपछि अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनाको अनुसन्धान गर्न बाँकी नै रहेको र विद्यालयका प्रिन्सीपललाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक अमर थापाले जानकारी दिए । प्रिन्सीपल पौडेलले भने आफूलाई फसाउन खोजिएको बताएका छन्

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com