शिशु हत्यारालाई कारबाहीको माग गर्दै औरही बन्द


प्रकाशित मिति : भाद्र १३, २०७५ बुधबार

सोनाली कुमारी चौधरीको हत्यारालाई पक्राउ गरी कारबाहीको माँग गर्दै आज (बुधबार) देखि महोत्तरीको औरही बजार बन्द गरिएको छ ।

अपराधीलाई तत्काल कारबाही हुनुपर्ने माग राख्दै दबाब स्वरुप औरही बन्द गरीएको उद्योग वाणीज्य संघ औरहीका अध्यक्ष श्रवण चौधरीले रातोपाटीलाई जानकारी दिए ।

गत आइतबार साँझ ६ बजे महोत्तरीको भंगहा नगरपालिका वडा नं ६ घर भएका २६ वर्षीय भरत साहले ९ महिने शिशु सोनालीको अपहरण गरी सोमबार दिउँसो  घाँटी थिचेर हत्या गरेको अवस्थामा बालिकाको शव महोत्तरी जिल्लाकै भंगहा नगरपालिका वडा नं. ७ स्थित जंगल छेउमा फेला परेको थियो ।

औरही नगरपालिको वडा नं. १ मा सन्तोष चौधरीले सञ्चालन गरेको सिद्धान्त फेन्सी स्टोर्समा काम गर्दै बच्चा खेलाउँदै गरेकी आमा ईन्देश चौधरीसँग एकछिन बच्चा खेलाउछु भन्दै एक व्यक्तिले काखमा बच्चा लिएर गएको र घण्टौसम्म नफर्केपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको अनुसन्धान टोलीले खोजतलास गर्ने क्रममा आइतबार साँझ करिब ६ बजे अपहरणमा परेकी बालिका सोमबार झण्डै २० घण्टा पछि दिउँसो २ बजे मृत अवस्थामा भेटिएकी थिइन् ।

बच्चालाई अपहरण गर्ने व्यक्तिको पहिचान सिसिटिभीबाट भएको र उनको खोजीकार्य भैरहेको महोत्तरी प्रहरीले रातोपाटी संवाददाता निकेश खनाललाई जानकारी दिएको छ  ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com