शिशु हत्यारालाई कारबाहीको माग गर्दै औरही बन्द


प्रकाशित मिति : भाद्र १३, २०७५ बुधबार

सोनाली कुमारी चौधरीको हत्यारालाई पक्राउ गरी कारबाहीको माँग गर्दै आज (बुधबार) देखि महोत्तरीको औरही बजार बन्द गरिएको छ ।

अपराधीलाई तत्काल कारबाही हुनुपर्ने माग राख्दै दबाब स्वरुप औरही बन्द गरीएको उद्योग वाणीज्य संघ औरहीका अध्यक्ष श्रवण चौधरीले रातोपाटीलाई जानकारी दिए ।

गत आइतबार साँझ ६ बजे महोत्तरीको भंगहा नगरपालिका वडा नं ६ घर भएका २६ वर्षीय भरत साहले ९ महिने शिशु सोनालीको अपहरण गरी सोमबार दिउँसो  घाँटी थिचेर हत्या गरेको अवस्थामा बालिकाको शव महोत्तरी जिल्लाकै भंगहा नगरपालिका वडा नं. ७ स्थित जंगल छेउमा फेला परेको थियो ।

औरही नगरपालिको वडा नं. १ मा सन्तोष चौधरीले सञ्चालन गरेको सिद्धान्त फेन्सी स्टोर्समा काम गर्दै बच्चा खेलाउँदै गरेकी आमा ईन्देश चौधरीसँग एकछिन बच्चा खेलाउछु भन्दै एक व्यक्तिले काखमा बच्चा लिएर गएको र घण्टौसम्म नफर्केपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीको अनुसन्धान टोलीले खोजतलास गर्ने क्रममा आइतबार साँझ करिब ६ बजे अपहरणमा परेकी बालिका सोमबार झण्डै २० घण्टा पछि दिउँसो २ बजे मृत अवस्थामा भेटिएकी थिइन् ।

बच्चालाई अपहरण गर्ने व्यक्तिको पहिचान सिसिटिभीबाट भएको र उनको खोजीकार्य भैरहेको महोत्तरी प्रहरीले रातोपाटी संवाददाता निकेश खनाललाई जानकारी दिएको छ  ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com