निर्मला हत्या प्रकरणः आफन्त जोगाउन मोडियो घटना !


प्रकाशित मिति : भाद्र १२, २०७५ मंगलबार

निर्मला पन्त पढ्न गएर बेपत्ता भएको रोशनी बम र बबिता बमको घरबाट अनुसन्धन गर्नुपर्छ भनेर प्रहरीलाई कसैे भनिराख्नुपर्ने विषय होईन ।

तर तत्कालीन प्रहरी उपरीक्षक डिल्ली विष्टको टोली मात्र होईन केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी का प्रहरी उपरीक्षक अंकुर जोशीको टोलीले पनि निर्मलाका आफन्त र स्थानीयको आग्रहअनुसार घरबाट अनुसन्धान गर्ने चासो दिएनन् ।

साउन ११ गतेदेखि स्थानीयको प्रदर्शनको चुरो यही कुरामा थियो ।, बम दिदीबहिनीलाई पक्राउ गरेर अनुसन्धान नगरेकाले प्रहरीको दोषी बचाउने शंकास्पद भुमिका देखेर हामीले आन्दोलन गरेका हौँ, स्थानीय उर्मिला शाहीले भनिन् ।
एक महिना लामोे आन्दोलन चर्केर एकजनाको मृत्यु र धेरै घाईते हुने अवस्था पुग्दासम्म प्रहरी उपरीक्षक विष्ट र जोशीको टोलीले बम दिदीबहिनीको घरबाट अनुसन्धान गर्न नमान्नुको कारण के थियो ?
आन्दोलनको बलमा प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षक बदलिएपछि मात्र बम दिदीबहिनीलाइ पक्राउ गरेर अनुसन्धन सुरु गरिएको छ । प्रहरीले अदालतबाट ६ दिन म्याद थप गरेर रोशनी र बबितामाथि अनुसन्धान सुरु गरेको छ ।

भीमदत्त नगरपालिका — २ एलटाखामकी १३ बर्षीया निर्मला पन्त साउन ११ गत्ते उखुवारीमा मृत फेला परिन् ।

शव भेटिएको सोमबार एक महिना वितिसक्दा पनि अहिलेसम्म निर्मलाको हत्यारा पत्ता लाग्त सकेको छैन ।

आफुहरुलाई पहिले राहतभन्दा पनि निर्मलाको हत्याराको अनुहार देख्न मन भएको उनकी आमा दुर्गादेवी पन्त बताउँछिन् ।

हामीलाई अहिले राज भन्दा पनि निर्मलाको हत्यारालाई कारवाही गरेको देख्न मन छ, उनले भनिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com