बिमस्टेक सम्मेलनको तयारी पुरा


प्रकाशित मिति : भाद्र ११, २०७५ सोमबार

बिमस्टेक सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको सम्मेलन आयोजक मूलसमितिले जनाएको छ ।

सम्मेलनमा आउने विशिष्ट पाहुनाको आवतजावलाई सहज बनाउन ट्राफिक प्रहरीले सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । ट्राफिक प्रहरीले १३ देखि १५ गतेसम्म सम्मेलनमा सहभागी हुन आउने विशिष्ट पाहुनाहरूको सवारी कार्गेट, स्र्कटीङ आदिलाई भरपर्दो बनाउन आज अभ्यास समेत सम्पन्न गरेको छ ।

ट्राफिक प्रहरीले आज त्रिभुवन विमान स्थलबाट होटेल सोल्टी क्राउन प्याल्जासम्म अभ्यास गरेको थियो । पूर्व अभ्यास स्वरूप ट्राफिक प्रहरीले त्रिभुवन विमानस्थलबाट होटेल सोल्टी क्राउनप्लाजासम्म कार्गेट सहित स्कर्टीङ अभ्यास गरेको छ ।

भदौ १३ गतेदेखि १५ गतेसम्म काठमाडौँ बसाइको क्रममाको विशिष्ट पाहुनाहरूको सवारीलाई सहज बनाउन २ हजार ३ सय ९४ जना प्रशिक्षित जनशक्ति आवश्यक सवारी र उपकरणसहित खटाएको जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com