प्रहरीको गोली लागेर मुत्यु भएका सन्नी खुनाको राष्ट्रिय झण्डा ओढाएर अन्त्येष्ठि


प्रकाशित मिति : भाद्र १०, २०७५ आईतबार

कञ्चनपुर । १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारबाही मागसहित प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट मारिएका किशोर सन्नी खुनालााई अन्त्येष्टि गरिएको छ । आज बिहान महाकाली किनारमा राष्ट्रिय झण्डा ओढाएर सन्नी खुनाको अन्त्येष्ठि गरिएको हो ।

सन्नी खुनाको अन्त्येष्ठि अघि सात नम्बर प्रदेश सभामा नेपाल कम्युनिस्ट पार्टीका सचेतक सांसद तारा लामा तामाङले राष्ट्रिय झण्डा ओढाइदिएका थिए। त्यस क्रममा प्रहरीको एक टुकडीले सन्नी खुनालाई शोक सलामी पनि दिएको थियो । नेपाल प्रहरीले समेत सलामी दिएको थियो ।

संघीय मन्त्रिपरिषद्को शनिबार राति बसेको आकष्मिक बैठकले सन्नीलाई शहिद घोषणा समेत गरेको थियो । उनको परिवरलाई १० लाख रुपैयाँ दिने समेत घोषण गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com