एबीसी टेलिभिजन गण्डकी प्रदेश ब्युरोले विभिन्न १० व्यक्तित्वलाई सम्मान गर्ने


प्रकाशित मिति : भाद्र ८, २०७५ शुक्रबार

एबीसी न्युज टेलिभिजन गण्डकी प्रदेश ब्युरोले विभिन्न क्षेत्रमा क्रियाशिल ब्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्ने भएको छ ।
टेलिभिजनको १० औ वार्षिकोत्सवको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा पोखराका विभिन्न ब्यक्ति तथा सामाजिक संस्थाहरुलाई सम्मान गर्ने भएको हो । पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा गठित सम्मानीत ब्यक्तित्व छनौट समितीको बैठकले १० जना ब्यक्ति तथा सामाजिक संस्थाहरुलाई सम्मान गर्ने निर्णय गरेको हो ।

सम्मानित हुनेमा संघ संस्थातर्फ युनाइटेड क्लव पोखरा, मुक्तिनाथ बिकास बैङक, पोखरा उपत्यका बृहत सरसफाइ अभियान रहेका छन भने उद्योग तथा ब्यवशायी तर्फ युवा उद्यमी माइकल कर्माचार्य, पर्यटन ब्यवशायी नरेश भट्टराइ र सुन्दर कुमार श्रेष्ठ रहेका छन । त्यसैगरी सांस्कृतिक अभियनता मेनकाजी गुरुङ, नागरिक अभियनता वरिष्ठ अधिवक्ता तिलक पराजुली र सामाजिक अभियनता हिरु पुन र समाजसेवी मीना गुरुङ रहेका छन ।
सम्मानित ब्याक्तित्व छनौट समितीमा पोखराका अग्रज पत्रकार स्वतन्त्र पत्रकार संघका केन्द्रिय अध्यक्ष कृष्ण प्रसाद बास्तोला र नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल रहेका थिए ।

सम्मानित ब्यक्तिहरुलाई आगामी भदौ १५ गते एबीसी टेलिभिजनको १० औ वार्षिकोत्सवको अवसरमा पोखराको माउण्टकैलाश रिसोर्टमा आयोजना गरिने विशेष कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरु, एबीसी टेलिभिजनका अध्यक्ष तथा मिडिया सोशाइटी नेपालका अध्यक्ष शुभ शंकर कंडेलले संयुक्त रुपमा सम्मान गरिने एबीसी टेलिभिजन गण्डकी प्रदेश ब्युरो इन्चार्ज एम बी आस्था मगरले जानकारी दिए । उक्त कार्यक्रममा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ र नेपाल पर्यटन वोर्डका कार्यकारी प्रमुख दीपक जोशीद्धारा सम्बन्धित विषयमा आ आफ्नो प्रस्तुती रहने छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com