यस्तो छ प्रियंका र निकको बिहेमा सहभागी हुने पाहुनाको सूची
प्रकाशित मिति : भाद्र ८, २०७५ शुक्रबार
प्रियंका चोपडा र निक जोनसको बिहे आधिकारिक रुपमै पक्का भएको छ । इन्गेज्मेन्टपछि अब प्रशंसकहरु बिहेको प्रतिक्षामा रहेका छन् । बिहेको मिति त सार्वजनिक भएको छैन तर तयारी भने सुरु भैसकेको छ । केही दिनअघि प्रियंका र निकको बिहे अमेरिकाको हवाईमा हुने समाचार आएको थियो ।
वैवाहिक समारोहमा निक र प्रियंकाका नजिकका मान्छे मात्रै सहभागी हुने बताइएको छ । साथै बलिउड र हलिउडका केही चर्चित अनुहार पनि विवाहमा सहभागी हुन सक्नेछन् ।

प्रियंकाको विवाहमा सहभागी हुने पाहुनाको सूची तयार हुन थालिसकेको छ । पाहुनाको सूचीमा शाहरुख खान, सलमान खान तथा द रकको नाम सबैभन्दा माथि रहेको छ । साथै विवाहमा केही शाही पाहुना पनि सहभागी हुनेछन् । जसमा प्रियंकाकी साथी मेगन मर्केल तथा राजकुमार ह्यारी पनि रहनेछन् । केही समय पहिले राजकुमार ह्यारी र मेगनको बिहेमा प्रियंका सहभागी भएकी थिइन् ।
बेलायती शाही जोडीका लागि आफ्ना साथीको विवाहमा सहभागी हुन कुनै प्रोटोकलले रोक्ने छैन । निक र प्रियंकाको विवाह हलिउड र बलिउडको एउटा संगमका रुपमा रहने बताइएको छ ।





