यस्तो छ प्रियंका र निकको बिहेमा सहभागी हुने पाहुनाको सूची


प्रकाशित मिति : भाद्र ८, २०७५ शुक्रबार

प्रियंका चोपडा र निक जोनसको बिहे आधिकारिक रुपमै पक्का भएको छ । इन्गेज्मेन्टपछि अब प्रशंसकहरु बिहेको प्रतिक्षामा रहेका छन् । बिहेको मिति त सार्वजनिक भएको छैन तर तयारी भने सुरु भैसकेको छ । केही दिनअघि प्रियंका र निकको बिहे अमेरिकाको हवाईमा हुने समाचार आएको थियो ।

वैवाहिक समारोहमा निक र प्रियंकाका नजिकका मान्छे मात्रै सहभागी हुने बताइएको छ । साथै बलिउड र हलिउडका केही चर्चित अनुहार पनि विवाहमा सहभागी हुन सक्नेछन् ।

प्रियंकाको विवाहमा सहभागी हुने पाहुनाको सूची तयार हुन थालिसकेको छ । पाहुनाको सूचीमा शाहरुख खान, सलमान खान तथा द रकको नाम सबैभन्दा माथि रहेको छ । साथै विवाहमा केही शाही पाहुना पनि सहभागी हुनेछन् । जसमा प्रियंकाकी साथी मेगन मर्केल तथा राजकुमार ह्यारी पनि रहनेछन् । केही समय पहिले राजकुमार ह्यारी र मेगनको बिहेमा प्रियंका सहभागी भएकी थिइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बेलायती शाही जोडीका लागि आफ्ना साथीको विवाहमा सहभागी हुन कुनै प्रोटोकलले रोक्ने छैन । निक र प्रियंकाको विवाह हलिउड र बलिउडको एउटा संगमका रुपमा रहने बताइएको छ  ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com