दाङमा बस दुर्घटना ,१ जनाको मृत्यु


प्रकाशित मिति : भाद्र ६, २०७५ बुधबार

दाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका १४ खौसापुरबाट घोराहीतर्फ आउँदै गरेको रा१ख ८१७ नम्बरको बस मंगलबार खौसापुरदेखि करिब तीन समय मिटर अगाडि खोलामा पल्टिँदा एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा भारत शिवहरीका अन्दाजी ३० वर्षीय हरिकिशोर गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो। बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको प्रहरीले बताएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com