सिपिएलमा सन्दीप गरे कमालै कमल !


प्रकाशित मिति : भाद्र ६, २०७५ बुधबार

नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले क्याराबिन प्रिमियर लिग (सीपीएलं) अन्तरगत बुधबार बिहान (स्थानीय समय अनुसार मंगलबार साँझ) चौथो खेल खलेका छन् । यस अघिका तीन खेलमा झैं यसमा पनि सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

सीपीएलको चौथो खेलमा २ ओभर बलिङ गर्न पाएका सन्दीपले आफ्नो टोली ‘सान्ट किट्स एण्ड नेभिज प्याट्रियट’ का लागि १३ रन खर्चिएर २ विकेट लिएका छन्। क्रिस गेलको कप्तानीमा रहेको सन्दीपको टोली ‘सान्ट किट्स एण्ड नेभिज प्याट्रियट’ले चौथो खेलमा किरन पोलार्डको कप्तानीमा रहेको ुसान्ट लुसिया स्टार्सुसँग प्रतिस्पर्धा गरेको थियो । यस खेलमा सन्दीपको टोलीले ७ विकेटको जित हात पार्‍यो ।

टस हारेर पहिले ब्याटिङको निम्ता पाएको सान्ट लुसिया स्टार्सले १२।३ ओभरमा सबै विकेट गुमाई ६९ रन मात्रै बनाउन सक्यो । ७० रनको झिनो लक्ष्य पाएको ‘सान्ट किट्स एण्ड नेभिज प्याट्रियट’ले ७।४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पार गर्‍यो ।

सन्दीप लामिछानेले ९ र १२औं ओभरमा बलिङ गरेका थिए । ९ औं ओभरमा ६ रन दिएर १ विकेट लिएका सन्दीपले अस्ट्रेलियाका आक्रमक ब्याट्सम्यान डेभिड वार्नरलाई आउट गराए । ओपनर वार्नर १७ बलमा १४ रन बनाएर पेभेलियन फर्किएर । यस ओभरमा ६ रन दिए । १२ औं ओभरमा आक्रमक ब्याटिङ गरिरहेका पाकिस्तानी क्रिकेटर क्वाइस अहमदलाई आउट गराए । उनले १८ बलमा २४ रन बनाएका थिए । यस ओभर उनले ७ रन दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन्दीपले लिएका दुवै विकेट निकै महत्वपूर्ण रहे । विश्वकै उत्कृष्ट ब्याट्सम्यान मध्येका एक मानिने डेभिड वार्नरको विकेट लिनु र सान्ट लुसिया स्टार्सका लागि सबैभन्दा धेरै स्कोर गर्ने अहमदलाई आउउ गराइ टोलीको जितका लागि सन्दीपले महत्वपूर्ण योगदान गरे ।

यसअघिका ३ खेलसहित सन्दीपले सीपीएलमा विकेट ७ विकेट लिएका छन् । सन्दीपले पहिलो खेलमा २, दोस्रो खेलमा १ र तेस्रो खेलमा २ विकेट लिएका थिए । आजको अन्नपूर्ण पोस्ट्बाट ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com