Follow @khasokhasmag

अत्यधिक धुलो उडेपछि कलंकीको अण्डरपास बन्द, तत्काल खुल्ने नखुल्ने अनिश्चित


प्रकाशित मिति : भाद्र ६, २०७५ बुधबार

केही दिन्अघि मात्रै खुलाइएको काठमाडौं–कलंकीको अण्डरपास बन्द भएको छ ।

गएको १ गतेदेखि मात्रै सञ्चालनमा ल्याइएको अण्डरपास सरसफाईको लागि भन्दै बन्द गरिएको हो । तर अण्डरपास तुरुन्तै फेरि खुलाउने नखुलाउने भन्ने निश्चित भइसकेको छैन ।

चक्रपथ विस्तार आयोजनाका प्रमुख प्रकाशचन्द्र भण्डारीका अनुसार अण्डरपासको निर्माण कार्य नै बाँकी छ । अण्डरपास खुलाए पनि अत्यधिक धुलो उडेकाले सफाईका लागि बन्द गर्नु परेको उहाँले बताउनुभयो ।

अण्डरपास कसरी चलाउने भन्ने बारे जानकारी नभए पनि बाटो खुलाउन हतार गर्दा समस्या भएको छ । गाडी चालकमा पनि अन्यौल बढेकाले बन्द गरिएको आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार त्यहाँ धुलो नउड्ने गरी पिच गर्न, ट्राफिक संकेत राख्न नै बाँकी छ । सँधै जाम भइरहने कलंकीमा अण्डरपास खुले पछि सहज हुने भनिए पनि तयारी नगरी सञ्चालनमा ल्याउँदा आयोजनालाई नै समस्या परेको छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com