Follow @khasokhasmag

सरोकार नभएका विषयमा सूचनाको हक आकर्षित नहुने – प्रधानमन्त्री ओली


प्रकाशित मिति : भाद्र ३, २०७५ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सबै निकायलाई लोकतन्त्रको मर्म अनुसार नागरिकको सूचना पाउने हकको सम्मान गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय सूचना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।
सन्देशमा प्रधानमन्त्री ओलीले सुचनाको हकको बिषयमा कानुनी प्रक्रियाको अनुसरण गरी आफ्नो संवैधानिक हकको उपयोग गर्न सम्पूर्ण देशबासीलाई आह्वान पनि गरेका छन् ।

प्रधानमन्त्री ओलीले राज्यका कामकारबाहीलाई नागरिकप्रति जवाफदेही बनाउन सार्वजनिक महत्वको सुचनामा आम नागरिकको पहुँच सरल र सहज हनुपर्छ भन्ने सरकारको धारणा रहेको बताएका छन् ।
‘नागरिकलाई कसैको व्यक्तिगत मामिला वा आम सरोकार नभएका विषयमा सूचनाको हक आकर्षित नहुने कुरा तर्फ समेत सजग गराउँछु’, प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा भनेका छन् ।

सूचनाको हक प्रयोग गर्दा हरेक व्यक्तिलाई आफ्नो कर्तब्यको पनि ख्याल गर्न प्रधानमन्त्रीले स्मरण गराएका छन् । सूचनाको हक उपभोग गर्ने नाममा सामाजिक मर्यादा विपरित र वैयक्तिक वा असम्बन्धित बिषयमा सुचना माग्नु उचित नहुने प्रधानमन्त्रीको सन्देशमा भनिएको छ ।

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com