सांसद्हरुले तलब बढाएको विरोधमा विद्यार्थीहरुको प्रदर्शन


प्रकाशित मिति : मंसिर ८, २०७३ बुधबार

सांसद्हरुले तलब–भत्ता बढाएको भन्दै १३ विद्यार्थी संगठनहरुले राजधानीमा विरोध प्रदर्शन गरेका छन् । शान्तिवाटिकामा गरिएको प्रदर्शनमा उनीहरुले सांसद्हरुको पछिल्लो निर्णयबिरुद्ध नाराबाजी गरेका हुन् । मंगलबार बसेको विद्यार्थी संगठनहरुको बैठकले उक्त निर्णयको विरोध गर्ने निर्णय गरेका थिए । प्रदर्शनमा उनीहरुले ‘तलबभत्ता फिर्ता गर’, ‘राष्ट्रको ढुकुटी सक्न पाउँदैन’, ‘यस्ता सांसद चाँहिदैन’ जस्ता नाराहरु लगाएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com