अचेल के भन्छन् लोकमान ?


प्रकाशित मिति : मंसिर ८, २०७३ बुधबार

‘रात रहे अग्राख पलाउँछ, त्यसै भनिएको हैन रहेछ । दिन जति–जति घर्किंदै गयो, लोकमान प्रकरणमा विभिन्न जोड–घटाउ चल्न थालेका छन् । गतिलाले साथ नदिँदा लाकेमान त्यसै पनि दिनदिनै केटाकेटी शैलीमा प्रस्तुत भइरहेका छन् । हुँदो–नहुँदो उपाय निकालेर महाभियोग र मुद्दाबाट बच्नका लागि राजनारायण पाठकबाहेकका आयुक्तको योग्यतासम्बन्धी रिट दायर गराएका छन् । र, हिजोआज बातैपिच्छे ‘इण्डियाले गर्ने भयो’ जस्ता शब्द निकाल्न थालेका छन् ।

यदि ‘स्याल कराएको र बाख्रा हराएको’ जस्तो होइन भने, भारत भ्रमणबाट फर्किएका कांग्रेस सभापति शेरबहादुर देउवाले लोकमानको मामिलामा केन्द्रित भएर आफू निकटका केही कानुन व्यवसायीसँग परामर्श गरेका छन् ।
पत्नी आरजुको उपस्थितिमा उनले गरेको परामर्शमा लोकमानलार्य बचाउन सकिने र बचाउनै नसकिने गरी दुवैखाले प्रतिक्रिया आएका छन् । त्यसमध्ये बारमा विभिन्न तहको नेतृत्व गरिसकेका एकजना वरिष्ठ अधिवक्ताले यस्तो सुझाव दिएका थिए ।

सुझावलगत्तै देउवाको अनुहारमा केही चमक आयो । एक साताअघि ती अधिवक्ताले दिएको सुझाव थियो, ‘संसद र सर्वोच्चले एकै समय, एएटै विष्याको बहस चलाउन मिल्ने किन नमिल्ने ?’ उनको भनाई थियो, ‘पार्टीको स्वार्थ एकातिर होला । लोकमानको अत्याचारी क्रियाकलापका विरोधीहरु जुनसुकै झ्यालढोका प्रयोग गर्न तयार छन् । तर, प्रश्न हो– न्यायिक प्रक्रियाको ।’ जनआस्था

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com