‘पहिले हेप्थे, अहिले सम्मान गर्छन्’

प्रकाशित मिति : श्रावण १५, २०७३ शनिबार

– अस्मिता खड्का / काठमाडौं 

गोरखा आहाले भङ्ज्याङका ३० वर्षीय युवा पिर मोहम्मद कतारको परिचित पफ्र्यूम व्यवसायी हुन । २००६ मा उच्च शिक्षा हाँसिल गर्न काठमाडौं छिरेका उनी धेरै पढेर देशमै व्यवसाय गर्ने इच्छा थियो । घरको कमजोर आर्थिक अवस्थाले बिचमै पढाइ छोडेर परिवारको राम्रो भविश्य बनाउने सपना आँखामा सजाउँदै विदेश लागेँ ।

पढाईमा अब्बल,मेहनती र इमान्दार मोहम्मद घरको जेठो छोरा भएकाले परिवारको सम्पूर्ण जिम्मेवारी उनको काँधमा थियो । बुबाको सानो व्यवसाय, त्यसैबाट १० जनाको परिवार पालिनु पर्ने बाध्यता । त्यसमाथि सात जना भाईबहिनीको पढाई । जसको कारण उनले बिचैमा पढाई छोड्नु पर्ने भयो ।
साना भाई बहिनीलाई राम्रो शिक्षा र आम बुबालाई सुखी देख्न चाहान्थे उनी । परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण अध्ययन गर्ने चाहानालाई छोड्दै, पैसा कमाउन कतारको एउटा कपडा पसलमा पुगेँ । नेपालमा रहँदा पढ्दै र पढाउँदै गरेका पिर मोहम्मदको लागि अर्काको देशमा काम गर्न जानु रहर होइन, बाध्यता थियो ।

Pir 2उनीसँगैका दौतरीहरु अहिले पनि गाउँमै छन् । कतार जाँदा उनी भर्खर १९ वर्षमा टेकेका थिए । कलिलो उमेरमा देश र परिवारभन्दा टाढा बस्नुको पीडालाई कर्तव्यले दबाई राखे । आफ्नो पीडा देख्दा भाईबहिनीको भविश्य अन्धकार भएको सम्झन्थे उनी ।

मुमाका हातको खाना, बुबाको साथ र भाई बहिनीसँग रमाउने उमेरमा विदेशी भूमिमा पसिना मगाउने मोहम्मदका कथा पाइलापाइलामा फरक छन् ।
काठमाडौंको आरआर क्याम्पसमा ब्याचलर अध्ययन गर्दै गर्दा गाउँको दाजुको साथ लागेर उनी कतारको कपडा पसलमा कामदारको रुपमा पुगेका थिए । कतारमा उनले काम गर्न थालेको अहिले १० वर्षपूरा भयो ।

कपडा पसलपछि उनलाई पफ्र्यूम पसलमा काम गर्ने मौका मिल्यो । त्यो पफ्र्यूम सोरुममा उनले पाँच वर्षसम्म समान्य कामदारको रुपमा निकै मेहनत गर्नु परेको थियो ।

मुस्लिम र अरबिक भाषा जानेका कारण उनलाई काम गर्न र सिक्न केही सहज भएपनि हेपाईसँग खुशी साट्दै , आफ्नो मिसनमा लागि रहेँ । ‘पाँच वर्षसम्मको ठूलो परिश्रमले म पफ्र्यूम बनाउन सक्ने भएँ’ उनले सुनाएँ । ‘पफ्र्यूम मुस्लिम समुदायमा नभैहुँदैन । हाम्रो समुदायमा उपहार स्वरुप दिने प्रचलन छ । मस्जिदमा जाँदा पनि पफ्र्यूम लगाउनुपर्छ । यो व्यवसाय धर्मसँग नजिक रहेकाले पनि म सफल भएको हुँ ।’

पफ्र्यूम कम्पनिमा काम गरेको दुई वर्षपछि उनले सोचेँ, हामीले मेहनत गरेर अरुलाई दिएकाछौँ भने यो काम आफै किन नगर्ने ? उनले रातदिन महनत गरेर आफ्नै कम्पनि चलाउने मनमनै अठोट र संकल्प गरेँ । पफ्यूमका बारेमा बढी चाँसो राखेर सिक्दै गएँ । छुट्टिको समयमा साथीभाईहरु घुमफिर गर्दा जाँदा उनी भने सिनियर साथीहरुसँग सिक्ने काम गरँे ।

उनले कामको साथै पफ्यूमको लागि चाहिले कच्चा पदर्थ र अन्य सामान कहाँबाट आउँछ भन्ने जानकारी लिन निकै महनत गर्नु परेको थियो । पफ्र्यू बनाउन उनले सुडान र अफ्रिकनहरुसँग सिकेँ ।

उनले काम गर्ने कम्पनिमा भारतियहरु पनि थिए । तर, उनीहरुले नेपाली भनेपछि कहिल्यै अगाडि आउन नदिएको बताए । ‘नेपालीले के गर्न सक्छन् भन्दै बारम्बार हेप्ने गर्दथेँ’ उनले सुनाएँ । उनले अगाडि थप्दै भने ‘भारतियहरुको दिमाग नकारात्मक सोचले नै भरिएको छ ।’

सुडानका साथिहरुसँग एकले अर्कोलाई भाषा सिकाउँदै जाँदा पफ्र्यूम बनाउन प्रयोग हुने विधि र तरिकालाई उनले निकै चासोँ दिएर सिके । उनको काम गर्ने र सिक्ने इच्छा देखेर अफ्रिकन र सुडानीहरुले माया गरेरै सिकाए पनि । उनीहरुसँगको सम्बन्धले शिप सिक्ने सुनौलो अवसर मिल्यो । उनले कम्पनिमा कामको साधै पप्mर्यूम बनाउने तरिका अध्ययन गर्दै गएँ । त्यसको लागि मोहम्मदले पाँच वर्ष दिनरात एक बनाएर दुःख गर्नु पर्यो । पाँच वर्षपछि त्यो कम्पनिको मालिकबाट उनलाई नसोचेको अफर आयो, ‘मिलेर काम गर्ने ।’ उनले यसलाई इमान्दारी पूर्वक गर्ने अठोट आफैसँग गरे । ‘कम्पनिको मालिकले मेरो काम नजिकबाट अध्ययन गरेका रहेछन् । मलाई थाहा थिएन । ती उद्योगिले भित्री रुपमा मलाई काम राम्रो गर्नेमा राखेका रहेछन् । त्यो कुरापछि मात्र थाहा भयो ।’ मिलेर काम गर्ने अफरलाई स्वीकार गरेपछि कतारिले सम्पूर्ण जिम्मेबारी उनलाई दियो ।

‘मेरो इमान्दारीताले यहाँसम्म ल्याई पुर्याएको हो । पहिलो तलब बुझ्दाको सम्झना छ । जम्मा ६ हजार बच्यो । बुबालाई फोन गरेँ । ६ हजारले त्यहाँ के होला र ? म यहीँ काम गरौं की घर आऊँ ? बुबाले भन्नुभयो, ‘तिमिलाई खान पुग्छ भने नआऊ, यताको चिन्ता नगर ।’ उनलाई बुबाको त्यो भनाईले काममा सफलता पाउन धैर्यता गर्नुपर्छ भन्ने सिकायो । उनले भने ‘यदि बाबले साथ र हौसला नदिएको भए, पहिलो तलबसँगै घर फर्कने थिएँ । कतारको पहिलो कम्पनि सञ्चालन गर्ने व्यवसायी बन्न, मेरो परिवारले पनि त्यत्तिकै महनत गरेको छ ।’

‘समान्य कामदारको रुपमा कतार छिरेको नेपालीको छोरा यति छिटो पफ्र्यूम व्यवसायी बन्छु भन्ने सोचेको थिइन’ ‘काम सिक्छु भन्ने चाहिँ थियो’ मोहम्मदले सुनाए ।

अहिले कतारमा उनको दुई वटा सोरुम सञ्चालनमा छन् । सामान्य पसललाई उनले फ्याक्ट्रीमा बदलिदिएका छन् । उनी कतारको ठूलो होलसेलर व्यवसायी मध्ये पहिलो नम्बरमा पर्दछन् ।

उनले उत्पादन गरेको पफ्र्यूम दोहा,दुवई, कतार,बहराइन र मिडिलिस्ट देशहरु सबैमा जान्छ । उनको फ्याक्ट्रीमा ८ जना नेपाली काम गर्दछन् । त्यसको अलवा कतारका १६ जना महिलालाई घरमै काम दिएको उनले बताए । कतारका ती सबै महिलालाई उनी आफै तालिम दिएका थिए । उनको फ्याक्ट्रीमा पफ्र्यूम, धुप,स्प्रे, कपालको तेल,साबुन र इयर फेस्र्नर आदि उत्पादन हुँदै आएको छ ।

उनको कम्पनीको नाम अल मजालिस हो । मेडीन कतार भनेर सञ्चालनमा आएको यो पहिलो कम्पनि हो । उनको उत्पादन नेपालमा आएको त छैन तर, कतार पुगेका नेता प्रचण्डदेखि रेखा थापासम्मले लगाईसकेका छन् । उनले भने‘कलाकार र उद्योगी व्यवसायीले व्यक्तिगत रुपमा अडर गर्नु हुन्छ त्यो अनुसार पठाउने गरेको छु,’ ‘कच्चा पदार्थ, सिंगापुर, मलेसिया र युरोपका बिभिन्न मुलुकबाट आउँछ ।’

उनको कम्पनिमा उत्पादन हुने पफ्र्यूम पाँच हजारदेखि नेपाली ३ लाख रुपैयाँसम्म पर्दछ । नेपालबाट कतार घुम्न जाने जो कोही नेता, समाजसेवी, व्यवसायी र कलाकार उनको पसलमा पुगेकै हुन्छन् । त्यहाँ पुग्ने सबैलाई उनी उपहार स्वरुप पफ्र्यूम दिन भने भुल्दैनन् ।

उनको सबै परिवार अहिले पनि गोरखामै बस्दै आएको छ । अहिले उनको घरमा भाई बहिनी, आमा बुबा , श्रमती र एक छोरा र एक छोरी छन् ।
भूकम्पले उनको पसल राखेको घर भत्कियो । त्यसपछि उनको बुबाले व्यवसाय गर्न छोडिदिनु भयो ।

परिवार पाल्नका लागि देश छोडेँका उनले अहिले समाजमा धेरै पीडितका आँसु पुछेका छन् । देशमा भूकम्प जाँदा कतारबाट एक ट्रक सामान सिन्धुपाल्चोकको बाहुन डाडाँ पठाउने पहिलो नेपाली हुन उनी । उनी पनि भूकम्प पीडित नै हुन ।

काम प्रति निकै लगनशिल मोहम्मद रातीमा ५÷६ घण्टा मात्र आराम गर्दछन् । उनले रातमा फ्याक्ट्रीमा काम गर्दछन् भने दिनमा पसलमा । समय मिल्यो कि फ्याक्ट्रीमा नयाँ कसरी बनाउने भन्नेमै बिताउँछन् ।

उनले आफ्नो सफता पछाडिका पीडा सुनाउँदै भने ‘पुराना र अन्य देशका मानिसले काम सिकाउँदैनथ्ये । भारतियहरुले सबैभन्दा धेरै हेप्ने काम गरे । दुःख लाग्दथ्यो ।’ मनको कुरा खोल्दै भने ‘विदेश जाने नेपालमा भन्दा राम्रो कमाउन हो । मेरो हकमा कमाई नेपालको भन्दा कम भयो । विदेश गएको ३ महिना त कतिबेला घर जाऊँ जस्तो लाग्थ्यो । त्यसमाथि नेपालीलाई गरिने व्यवहार र वतावरण देख्दा झनै पीडा हुन्थ्यो । तर, घरको जेठो छोरा कर्तव्यले च्यापेको थियो । त्यसकारण सबै पीडालाई पचाउँदै काम गरेँ ।’

हिजो कतारमा नेपाली भन्दै हेप्ने भारतियहरु उनलाई अहिले सम्मान गर्छन । तिनै भारतिय साथीहरु अहिले मोहम्मद कहाँ काम माग्न आउँछन रेँ । उनले भने ‘दुई जना भारतियलाई मैले काम लगाई दिएको छु । उनीहरुले जति हेपेर कुरा गर्दा पनि मैले कहिल्यै अपमान गरिन ।’ उनलाई नेपाली भनेर हेप्ने भारतियहरु अहिले पनि कामदार नै छन् तर, उनी कतारको परिचित पफ्र्यूम व्यवसायी बन्न पुगेका छन् । समयको खेल मान्नु पर्छ हिजो उनलाई काम सिक्छ भनेर लुकाउनेहरु अहिले भेटमा सलाम गर्दछन् ।
यता देशमा लगानी लगाउने वतावरण सृजना भयो भने छिट्टै लगानि भित्र्याउने योजनामा उनी छन् । त्यसको साथै दुवइमा पनि कम्पनिको शाखा खोल्ने उनको अर्को योजना छ ।

‘नेपालमा सबै सामान विदेशबाट आउँछ । अहिलेसम्म नेपालमा पफ्र्यूम बनाउने फ्याक्ट्री भएको मेरो जानकारी छैन,’ उनले भने ।

उनमा विदेशमा सिकेको शिप देशमा भित्राउने तिब्र इच्छा छ । ‘मेरो शिप खेर जान दिने छैन । म देशका युवाहरुलाई सिकाउँछु । पफ्र्यूमको लागि नेपालमा धेरै कच्चा पदर्थ छन् । जुन अहिले खेर गएका छन् ।’ ‘पफ्र्यूम बनाउने कच्चा पदार्थलाई हामीले दाउराको रुपमा प्रयोग गरेर खाना पकाएका छौँ । विदेशमा एक किलोको नेपाली ५० हजारदेखि ५० लाखसम्म पर्दछ तर हामीलाई थाहा छैन’उनले दाबी गरे ।

‘पफ्र्यूम बनाउने धेरै कच्चा पर्दाथ नेपालमा रहेछन्, म पनि बल्ल थाहा पाउँदैछु । यसलाई अझै सुक्षम ढंगले अनुसन्धान गर्नुपर्छ’ उनले भने ‘धेरै कच्चा पर्दाथ नेपालमा छ, त्यसको अनुसान्धन गर्ने वातावरण नेपाल सरकारले बनाउनु पर्यो, म आफ्नो क्षमता देश विकासमा लगाउन तयार छु ।’

उनी भन्छन् ‘पाँच वर्ष अगाडि मलाई पनि थाहा थिएन, एक किलो ५० लाख रुपैयाँ पर्ने काठ हामी नेपालीले दालभात पकाउँछौ, त्यो कुरा कतारमा पुगेपछि मात्र थाहा पाएँ । अहिले नेपाली बजारमा सबै विदेशी पफ्र्यूम आउँछ, राज्यले चाँसो दिने हो भने म तालिम दिएर हजारौँ मानिस तयार गर्न सक्छु । जसले स्वदेशमै रोजगारी दिन सकिन्छ ।’

उनले विदेशमा भोगेका पीडा सुनाउँदै जाँदा भने ‘मेरो जीवनमा एउटा मात्र गुनासो छ त्यो हो धेरै पढ्ने इच्छा । जुन पूरा भएन । आफूले नपढे पनि भाइ बहिनीलाई पढाएको छु । त्यसैमा आफ्नो इच्छा पूरा भएको देखेको छु ।’

विदेश जान तयार भएकाहरुलाई सुझाव दिदैँ भने ‘अर्काको देशमा जाँदा, भाषा, सिप र धैर्यता चाहिन्छ । होइन, भने नपाउने दुःख पाउनुपर्छ ।’ ‘अर्को, दललाई विस्वास गरेर जाँदा धेरै नेपालीहरु फसेका छन् । यहाँ धेरै पैसा र राम्रो काम पाइन्छ भनेर प्रलोभन देखाइन्छ तर, त्यहाँ त्यो हुँदैन । त्यसकारण बुझेर मात्र विदेशमा जानु पर्दछ ।’

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com