टर्की हुँदै अवैध रुपमा ग्रिस हिँडेका एक नेपाली घाना जंगलबाट बेपत्ता !


प्रकाशित मिति : श्रावण १५, २०७५ मंगलबार

ग्रिस पुगेका एक नेपालीका अनुसार अवैध रुपमा टर्की आउने र त्यहाँबाट मानव तस्करलाई लाखौँ रुपैयाँ बुझाएर ग्रिस छिर्नेले ११ देखि १५ लाख रुपैयाँसम्म खर्चिएका हुन्छन् । तर त्यति धेरै पैसा खर्चेर पनि भनेजस्तो काम पाउँदैनन् ।

टर्कीबाट अवैध रुपमा ग्रिस पुगेका ईलामका मोती गूरुङको अनुसार घाना जंगलमा सात दिनसम्म भोकप्यास नभनी हिँडियो, मरेर बाँचिएको अनुभव आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

टर्कीबाट उनीसँगै हिडेका नवलपरासी, कावासोतीका नवीन तिवारी सात महिनादेखि सम्पर्कविहिन छन् ।

सँगै गएका तिवारी कहाँ छन्, गुरुङलाई पनि थाहा छैन ।

नवीन बाटैमा विरामी परेको र रेल ट्रयाकसम्म सँगै रहेको मोतिलाई सम्झना छ ।

त्यसपछि नवीन छुटेको उनी बताउँछन् ।

मोतीका अनुसार कैयन् दिनसम्म भोकैप्यास माईनस डिग्री चिसोमा हिँड्दा नवीनको घाँटीमा समस्या आएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com