ओरेगनको जेलमा १३ नेपालीलाई धार्मिक आस्था विपरित गाईको मासु


प्रकाशित मिति : श्रावण ७, २०७५ सोमबार

अमेरिकाको शरण खोज्ने ओरेगनको संघीय जेलमा राखिएका नेपाली हिन्दु कागजपत्रविहिनलाई गाईको मासु दिइएको भन्दै विरोध गरिएको छ । उक्त हिराशतमा राखिएका १३ जना नेपालीहरु रहेका छन् । नेपालीहरुमध्ये अधिकांश हिन्दुहरु हुन् ।

हिन्दुहरुलाई गाईको मासु खान दिनु धर्म विपरित रहेको भन्दै अदालतमा मुद्दा दायर गरिएको छ । धार्मिक आस्था विपरित खाना उपलब्ध गराउनु धार्मिक अधिकारको हनन भएको उल्लेख गर्नुका साथै कोर्ट फाइलिङमा उनीहरुको अवस्था निकै दर्दनाक रहेको उल्लेख गरिएको छ ।

अन्य तरकारी उपलब्ध नगराईदा उनीहरुलाई गाईको मासु खान बाध्य बनाइएको हो । हिराशतमा रहेका भारतीय र बंगाली शिख र मुस्लिमहरुलाई समेत गाई र सुंगुरको मासु खान बाध्य पारिएको जनाइएको छ ।

हिराशतको अवस्था खराब रहेकाले त्यहाँ केही बन्दीहरुले आत्महत्याको प्रयास समेत गरेका छन् । उनीहरुलाई गैरकानुनी रुपमा सिमा पार गरेको अपराधमा हिराशतमा राखिएको हो । उनीहरुले अमेरिकामा एसाइलमको दावी समेत गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com