डाक्टरको लापरवाहीले २५ बर्षिय छोरीको मृत्यु भएपछि आमा मिडियामा, हस्पिटलबाटै मनिषाले लेखेको चिठ्ठी भेटियो (भिडियो)


प्रकाशित मिति : श्रावण ७, २०७५ सोमबार

सामान्य ग्यासट्राइटिसको औषधि खाँदा पेट दुख्न कम नभएपछि बिराटनगर घर भै काठमाडौं मेगा बैंकमा काम गर्दै आएकी २५ बर्षिय मनिसहा निरौला २५ दिनअघि अस्पताल गएकी थिइन् ।

सुमेरु अस्पतालका वरिष्ठ चिकित्सक ऋषिकुमार काफ्लेको समूहले मनिषालाई मृगौलाको समस्याले पेट दुखेको हुन सक्ने भन्दै अस्पताल भर्ना हुन सुझाव दिएको थियो । तर २५ दिन सम्म उनलाई के कारणले पेट दुखेको हो भन्ने सम्म जानकारी नदिएको मृतकका आमाले बताईन् ।

मनिषाका भाई मनिषले मृगौलाका कारण पेट दुखेको नभई अरु कारण हुन सक्ने भनेर चिकित्सकले भनेपछि आफुहरुले अन्यत्र अस्पतालमा रेफर गर्न आग्रह गर्दा नमानेको बताएका छन् । रोगका बारेमा हामीलाई केही भनिएन औषधि र बेडको पैसा मात्र तिर्न लगाइरह्यो उनले भने मेरो दिदीलाई चिकित्सकहरुले प्रयोगशाला बनाए ।

स्रोतका अनुसार चिकित्सकहरुको टोलीले मृतक युवतीका भाइ मनिषलाई सुमेरु अस्पतालमा जागिर लगाइदिने आश्वासन दिएका छन् तर भाई मनिषले ज्यानको बदलामा जागिर दिने अस्पतालको प्रस्ताव अमानवीय भएको भन्दै अस्वीकार गरेका छन् । दिदीले हस्पिटलमै हुँदा आफुलाई यहाँबाट निकाल्नु मलाई मार्छन् भनेर लेखको पत्र पनि भाईले देखाए । मृत्यु भैसकेपछि पनि २५ हजारको औषधी मगाएको उनीहरुको ठोकुवा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com