साइबर क्राईमः अनुसन्धान गर्न छुट्टै व्युरो, विश्वभर क्षेत्राधिकार


प्रकाशित मिति : श्रावण ७, २०७५ सोमबार

साइबर अपराध र मानव बेचबिखन तथा ओसारपसार अर्थात् ह्युमन ट्राफिकिङका घटना अनुसन्धान गर्न नेपाल प्रहरीमा बेग्लै ब्यूरो बन्दैछ ।

साइबर क्राइम व्यूरो सीसीबी र ह्यूमन ट्राफिकिङ व्यूरो एचटीबी गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार, दुवै व्यूरो केही साताभित्रै गठन हुनेछन् ।

संसारका कुनै पनि कुनाबाट अपराध हुनसक्छ । दुवै व्युरोले अनुसन्धानको दायरा विश्वभर पुर्याउन सक्नेछन् ।
प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले भने — सरकारले स्वीकृति दिईसक्यो । नेपाल प्रहरीले आवश्क नीति नियम बनाउँदैछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com