अष्ट्रेलियामा ३६ औं वि.पी स्मृती दिवसको उपलक्ष्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

अष्ट्रेलियामा ३६ औं वि.पी स्मृती दिवसको उपलक्ष्यमा वि. पीको समाजवाद र वर्तमान नेपाल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई  नेपाली काँग्रेस जनसम्पर्क समिति अष्ट्रेलियाले आयोजनाका गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका संविधान–सभा सदस्य तथा खोटाङ जिल्लावाट नेपाली काँग्रेसका प्रतिनिधि–सभा सदस्यका प्रत्यासी सरस्वती वजमाइले नेपालको संविधान २०७२को प्रस्तावनामै लोकतान्त्रिक समाजवाद भन्ने शब्दावली नेपाली काँग्रेसको पहलमा राख्न सफल भएको बताउनुभएको थियो । सभासद वजमाइले विपिको विचारहरु आज कुनै एक पार्टी विशेषको नभइ नेपाल राष्ट्रको सम्पत्ति भएको समेत  बताउनुभएको थियो ।

जनसम्पर्क समिति अष्ट्रेलियाका कावा अध्यक्ष छिरिङ्ग तेन्जी शेर्पाको सभापतित्वमा सम्पन्न सो विचार गोष्ठिमा प्रवासी मंच अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेले वि.पी कोइराला तत्कालिन समयमा एशियाको कार्लमाक्र्स रहेका कुरा बताउनुभएको थियो । कार्यक्रममा संघिय समाजवादी पार्टी अष्ट्रेलियाका अध्यक्ष गणेश तमाङले वि.पी कोइरालाको ७०वर्ष अघिको समाजवादी विचार अहिलेको वर्तमान नेपालमा पनि समय सापेक्ष रहेको बताउनुभएको थियो ।

एनआरएनका भूतपूर्व अध्यक्ष गणेश केसीको उपस्थिती रहेको सो कार्यक्रममा शोधकर्ता डा. मित्र परियारले नेपालमा मानवअधिकारको स्थीतिको विषयमा आफूले गरेको अध्ययनको एक कार्यपत्र पेश गर्दै वि.पी कोइराला व्यवहारत: नै समाजवादी रहेको तथ्य उनले गठन गरेको मन्त्रिमण्डल तथा पार्टी पदाधिकारीहरुको चयनले नै प्रमाणित गरेको वताउनु भयो । त्यसैगरि, अर्का वक्ता डा. डिल्ली वन्जाडेले २०३६सालमा वि.पी कोइरालाले पाल्पामा गरेको संवोधनको स्मरण गर्नु भएको थियो । त्यसैगरि, वाम वुद्धिजिवि एवं विष्लेशक मनऋषि धितालले वि.पी बहुआयामिक व्यक्तित्वका धनी भएको बताउँदै उनको साहित्यीक पाटोको बारेमा चर्चा गर्नुभएको थियो ।

यसैगरि सो कार्यक्रममा राष्ट्रिय मेलमिलापको नीति अवलम्वन गर्दै अष्ट्रेलियाको संसदमा नेपाली समुदायवाट प्रतिनिधित्व गराउन सम्पूर्ण नेपालीहरुमा मेलमिलाप तथा एकताको भावनाले मात्रै सम्भव हुने कुरा एनआरएनका अभियान्ता महेन्द्र लम्सालले बताउनु भयो । कार्यक्रममा अन्तराष्ट्रिय झापाली समाजका अध्यक्ष दिनेश पोख्रेलले विपिको विचारहरु नेपाली समाजको अभिन्न अंग भएको बताउनु भएको थियो । नेपाली काँग्रेसका महासमिति सदस्य कञ्चन पोख्रेलले वि.पी कोइराला तत्कालिन समयमा नेपालको मात्र नभएर एसियाको नेता हुनुभएको उल्लेख गर्नु भएको थियो ।

जनसम्पर्क समिति अष्ट्रेलियाका महासमिति सदस्य विश्वामित्र खनालले संचालन गर्नु भएको सो कार्यक्रममा एनआरएन एनएसडव्लुका संयोजक नन्दु गुरुङ, प्रवक्ता डिला खरेल, झापालि समाज अष्ट्रेलियाका अध्यक्ष दिपक चुडाल, युवा नेताहरु भीष्म भण्डारी, रामजी वस्नेत, दिपक भण्डारी लगाएतका वक्ताहरुले विपिको वहुआयामिक व्यक्तित्वको वारेमा चर्चा गर्नु भएको थियो ।

समितिका सह–सचिव शितल गिरि खाँडले आमन्त्रितहरुलाई स्वागत गर्दै सुरु गरिएको सो कार्यक्रममा विपि स्मृती प्रतिष्ठान अष्ट्रेलियाका संयोजक दुर्गा आचार्यले पठाउनु भएको शुभकामना सन्देश पढेर सुनाइएको थियो ।

Himalayan Kangaroo

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com