इज्जतका लागि बुवाले छोरीलाई ज्यूँदै जलाए


प्रकाशित मिति : श्रावण ६, २०७५ आईतबार

शुरैह नियाजी /बीबीसी

भारतको मध्य प्रदेशको खण्डवा जिल्लामा एक युवतीलाई उनकै बुवाले जिउँदै जलाएका छन् । पुलिसका अनुसार इज्जतका लागि हत्याको यो मामलामा युवतीले आफ्नो परिवारको इच्छाबिना विवाह गर्ने सोच बनाएकी थिइन् ।

शुक्रबार १९ वर्षीया युवती लक्ष्मी बाई आफ्ना प्रेमी राजकुमार लौवंशीको घर गएकी थिइन् । त्यहाँ लक्ष्मीलाई देखेर उनका पिता रिसाएर उनलाई घिसार्दै आफ्नो घर लगेको बताइएको छ  ।

पुलिसका अनुसार त्यसपछि उनका पिता सुन्दरलाल जाटव र दाइ राजेन्द्रले मट्टीतेल खन्याएर लक्ष्मीलाई आगो लगाइदिए । युवतीको घटनास्थलमा नै मृत्यु भयो । युवतीको बुवा र दाइ दुबैलाई पक्राउ गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुलिस अधिक्षक रुचिवर्धन मिश्राले भने, ‘बुवा र दाइ दुबैलाई पक्राउ गरिसकिएको छ । हामीले घटनाको हरेक पक्षबाट अनुसन्धान गरिरहेका छौं । मानिसहरुको बयान लिदैछौं, त्यतिपछि मात्र थाहा हुन्छ कि के भएको थियो ।’

जानकारीका अनुसार युवती शुक्रबार खण्डवा कोर्टमा गएर विवाह गर्ने तयारीमा थिइन् । यसको जानकारी परिवारलाई भएको थियो जसका कारण यस्तो कदम उठाइयो ।

यस्तै युवतीकी आमा र केही छिमेकीले महिलाले आफै मट्टीतेल छर्किएर आत्महत्या गरेकी हुन् ।

युवतीकी आमा सुशिलाले भनिन्, ‘दुबै एक अर्कालाई प्रेम गर्दथे । त्यसकारण हामी उनीहरु विवाह गरुन् भन्ने चाहन्थ्यौं । उनीहरु अदालती विवाह गर्ने तयारीमा थिए । हामीले उनीहरुको परिवारसँग यसबारे कुरा गर्दा उनीहरुले छोरीको हत्या गरिदिने तर विवाह गर्न नदिने धम्की दिएका थिए । ’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com