डेडलाइन जुलाई २३


प्रकाशित मिति : श्रावण ५, २०७५ शनिबार

नेपालमा गएको महाभूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुले समेत काम गर्न पाउने गरी दिएको टीपीएस सुविधाको म्याद सन् २०१९ को जुन २४ मा सकिनेछ । तर त्यतीजेन्लसम्मका लागि टीपीएस सुविधा प्राप्त गर्नका लागि आगामी सोमबार अर्थात जुलाई २३ भित्र रि रजिस्ट्रेशन गरिसक्नुपर्ने युएससीआईएसले जनाएको छ ।

आगामी सोमबारसम्म रि रजिस्ट्रेशन नगर्ने टीपीएस वाहकहरुले सन् २०१९ को जुन २४ सम्मका लागि टीपीएस सुविधा प्राप्त गर्ने छैनन् । यदि उनीहरुले अध्यागमन सुविधाका लागि कुनै आवेदन दिएका छैनन् भने उनीहरुबिरुद्ध देशनिकालाको प्रकृया सुरु हुनसक्ने र युएससीआईएसले अदालतमा उपस्थीत गराउनका लागि नोटिस टु अपियर जारी गर्न सक्ने कानुन व्यवसायी केशव सेडाईले जानकारी दिनुभएको छ ।

नेपालीका लागि टीपीएस रि – रजिस्ट्रेशन सोमबारसम्म, कसरी गर्ने रि -रजिस्ट्रेशन ? (सम्पूर्ण तरिका)

रि रजिस्ट्रेशन गर्दा यदि तपाईलाई वर्क परमिट आवश्यक छैन भने जम्मा शुल्क ८५ डलरमात्र तिर्नुपर्छ । यदि वर्क परमिट आवश्यक छ भने जम्मा शुल्क ४९५ डलर तिर्नुपर्छ । १४ बर्ष भन्दा कम उमेरको आवेदकको हकमा वर्क परमिट आवश्यक छैन भने कुनै शुल्क तिर्नुपर्दैन । तर वर्क परमिट आवश्यक छ भने जम्मा शुल्क ४१० डलर तिर्नुपर्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टीपीएसका लागि पुन दर्ता गर्दा सुरुमा आफ्नो टीपीएसको योग्यता प्रमाणित गर्न जुन कागजातहरु पठाइएको थियो, ती कागजातहरु पनि आवेदनसँगै पठाउनुपर्ने जनाइएको छ । यदि तपाईको पुरानो टीपीएस आवेदन अझै पनि पेन्डिंग अवस्थामा छ भने तपाईले रि रजिस्ट्रेशन गर्नु जरुरी छैन । तपाईको आवेदन स्वीकृत भएमा त्यो जुन २४, २०१९ सम्मकै लागि अद्यावधिक हुनेछ । पेन्डिंग वर्क परमिटको सन्दर्भमा पनि सोही नियम लागु हुनेछ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com