डेडलाइन जुलाई २३


प्रकाशित मिति : श्रावण ५, २०७५ शनिबार

नेपालमा गएको महाभूकम्पपछि अमेरिकी सरकारले अमेरिकामा रहेका कागजपत्रविहिन नेपालीहरुले समेत काम गर्न पाउने गरी दिएको टीपीएस सुविधाको म्याद सन् २०१९ को जुन २४ मा सकिनेछ । तर त्यतीजेन्लसम्मका लागि टीपीएस सुविधा प्राप्त गर्नका लागि आगामी सोमबार अर्थात जुलाई २३ भित्र रि रजिस्ट्रेशन गरिसक्नुपर्ने युएससीआईएसले जनाएको छ ।

आगामी सोमबारसम्म रि रजिस्ट्रेशन नगर्ने टीपीएस वाहकहरुले सन् २०१९ को जुन २४ सम्मका लागि टीपीएस सुविधा प्राप्त गर्ने छैनन् । यदि उनीहरुले अध्यागमन सुविधाका लागि कुनै आवेदन दिएका छैनन् भने उनीहरुबिरुद्ध देशनिकालाको प्रकृया सुरु हुनसक्ने र युएससीआईएसले अदालतमा उपस्थीत गराउनका लागि नोटिस टु अपियर जारी गर्न सक्ने कानुन व्यवसायी केशव सेडाईले जानकारी दिनुभएको छ ।

नेपालीका लागि टीपीएस रि – रजिस्ट्रेशन सोमबारसम्म, कसरी गर्ने रि -रजिस्ट्रेशन ? (सम्पूर्ण तरिका)

रि रजिस्ट्रेशन गर्दा यदि तपाईलाई वर्क परमिट आवश्यक छैन भने जम्मा शुल्क ८५ डलरमात्र तिर्नुपर्छ । यदि वर्क परमिट आवश्यक छ भने जम्मा शुल्क ४९५ डलर तिर्नुपर्छ । १४ बर्ष भन्दा कम उमेरको आवेदकको हकमा वर्क परमिट आवश्यक छैन भने कुनै शुल्क तिर्नुपर्दैन । तर वर्क परमिट आवश्यक छ भने जम्मा शुल्क ४१० डलर तिर्नुपर्छ ।

टीपीएसका लागि पुन दर्ता गर्दा सुरुमा आफ्नो टीपीएसको योग्यता प्रमाणित गर्न जुन कागजातहरु पठाइएको थियो, ती कागजातहरु पनि आवेदनसँगै पठाउनुपर्ने जनाइएको छ । यदि तपाईको पुरानो टीपीएस आवेदन अझै पनि पेन्डिंग अवस्थामा छ भने तपाईले रि रजिस्ट्रेशन गर्नु जरुरी छैन । तपाईको आवेदन स्वीकृत भएमा त्यो जुन २४, २०१९ सम्मकै लागि अद्यावधिक हुनेछ । पेन्डिंग वर्क परमिटको सन्दर्भमा पनि सोही नियम लागु हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com