बलात्कार मुद्दामा अष्ट्रेलियामा नेपाली युवालाई ६ वर्ष जेल सजाय


प्रकाशित मिति : श्रावण ५, २०७५ शनिबार

बलात्कारको मुद्दामा मेलबर्नका एक नेपाली युवालाई ६ वर्ष जेल सजाय सुनाएको छ ।

गत वर्ष सन् २०१७ को मार्च महिनामा एक युवतीलाई बलात्कार गरेको अभियोगमा ३० वर्षीय नेपाली युवा ईन्द्र भण्डारीलाई ६ वर्षको जेल सजाय तोकिएको हो।

अदालतको फैसलापछि भण्डारीले कम्तिमा पनि चार वर्ष जेलमा बिताउनु पर्नेछ । चार वर्षपछि भने उनी धरौटीमा रिहा हुन सक्नेछन् । तर, उनले आफूले बलात्कार गरेको स्वीकारेका छैनन् । उनले सहमतिमै आफूहरुबिच यौन सम्पर्क भएको न्यायाधीश समक्ष जिकिर गरेका छन् ।

तर, भिक्टोरियाको अदालतका न्यायाधीश रिचार्ड स्मिथले भने निज भण्डारीले कण्डमविना यौन सम्पर्क राखेको कुराले पनि पीडकले निजको बारेमा कुनै ख्याल नगरेको भन्दै सजाय सुनाएकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पीडित युवती अष्ट्रेलियामा वर्किंग होलिडेमा काम गर्नका लागि आएकी थिइन् । अदालतको यो आदेशपछि अब भण्डारीले जेल सजाय पूरा गरेपनि उनलाई देश निकालासमेत हुनसक्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com