११ बुँदे माग राख्दै धादिङका ट्रिपर व्यवसायी आन्दोलनमा


प्रकाशित मिति : श्रावण ५, २०७५ शनिबार

काठमाडौंमा दिउँसोको समयमा ट्रिपर प्रतिबन्ध लगाएको विरोधमा धादिङका ट्रिपर व्यवसायीले ११ बुदे माग राख्दै राजमार्गमा प्रदर्शन गरेका छन् ।
काठमाडौं उपत्यकामा राति ८ बजेदेखि विहान ५ बजेसम्म मात्र ट्रिपर चल्न पाउने सरकारको नियम विरुद्ध धादिङका सबै ट्रिपर व्यवसायीले विरोध जनाउँदै आन्दोलनमा उत्रेका हुन ।

उनिहरुले दुर्घटनाको प्रकृति हेरेर मात्र आफुहरु माथि कार्वाही हुनुपर्ने , अनावश्यक दुख दिन नहुने ,सम्पुर्ण क्रियाकलाप र कागज पत्र ठिक हुदाँहुदै पनि चालकलाइ गाली गर्ने अनावश्यक चौकीमा थुन्ने कार्य बन्द हुनु पर्ने , सवारी चलाउन आवस्यक कागज पत्र सहज सुलभ छिटोछरितो दिलाउने ब्यवस्था गरिनु पर्ने , राति मात्र सवारी चलाउनु पर्ने व्यवस्था गलत र अव्यवारिक भएकोले तत्काल खारेज हुनु पर्ने लगाएतको ११ बुदे माग राख्दै शुक्रबार देखि आफ्ना सवारी नचलाएर उनिहरु आन्दोलनमा उत्रेका हुन ।

चालक समाज नेपालले आज ७०० भन्दा बढी टिपर धादिङको जुङेखोलामा नचलाइ राखेर धादिङको जिल्ला प्रशासन प्रमुख भागिरथी पाण्डे र प्रहरी प्रमुख डम्बर बि क सामु ११ बुदे माग बुझाएका छन । टिपरले दिउसोमा दुर्घटना बढाएको भन्दै सरकारले १ गते देखि बेलुकी ८ बजे बाट बिहान ५ बजे सम्म मात्र उपत्यका प्रवेश गर्न पाउने नियम बनाए पछि उनिहरु विभिन्न माग राख्दै आन्दोलित भएका हुन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com