Follow @khasokhasmag

बेलायतका नेपाली नयाँ शक्तिमा प्रवेश


प्रकाशित मिति : कार्तिक २९, २०७३ सोमबार

बेलायतमा रहेका कैयन नेपालीहरु एकैपटक नयाँ शक्ति पार्टी नेपालमा प्रवेश गरेका छन् । बेलायतको लण्डन नजिकै एल्डरसटमा आयोजित कार्यक्रममा बेलायतमा रहेका नेपालीहरु ठूलोसंख्यामा एकैपटक नयाँ शक्तिमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुलाई नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्राई, प्रवास समिति संयोजक नवराज सुवेदी, सहसंयोजक शंकर भण्डारी, अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका संयोजक भोला खनाल, अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका नेता धन गुरुङ, नयाँ शक्ति पार्टी नेपालका नेता मदन राई, कमला गुरुङ लगायतले स्वागत गर्नुभएको थियो ।

नवप्रवेशीहरुलाई डा. बाबुराम भट्टराईले गुलावको फूल दिएर स्वागत गर्नुभएको थियो । अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतको आयोजनामा गरिएको अन्तरकृया कार्यक्रममा उनीहरु नयाँ शक्ति नेपालमा प्रवेश गरेका हुन् ।

अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका संयोजक भोला खनालले भन्नुभयो – ‘बेलायतमा नयाँ शक्ति पार्टीमा प्रवेशको लहर नै चलेको छ । नयाँ शक्ति पार्टी अहिले बेलायतमा नम्बर वान अवस्थामा पुगिसकेको छ । अब बेलायतमा नयाँ शक्ति पहिलो शक्ति बनिसक्यो ।’

बेलायतका नेपाली नयाँ शक्ति पार्टी प्रवेशका केही झलक

img_0247

img_0248

img_0249

img_0251

img_0252

img_0253

img_0254

img_0255

img_0256

img_0257

img_0259

img_0260

img_0262

img_0263

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com