तरकारीवाला बालकको फोटो बन्यो भाइरल, यी बालकको खोजीमा लागेको छ पुरै सरकार


प्रकाशित मिति : श्रावण ४, २०७५ शुक्रबार

तस्वीरमा देखिएका यी बालकको खोजीमा पूरै सरकार लागिपरेको छ । फिलिपिन्सको भनिएको यो फोटोमा देखिएका यी बालक को हुन् भन्ने अझै पत्ता लागेको छैन ।

फिलिपिन्स सरकारले यी बालकको खोजि निकै मेहनतका साथ गरिरहेको छ । सामाजिक संजालमा पछिल्लो समय यी बालकको चर्चा बढिरहेको छ ।

यी बालकको फोटो फिलिपिन्सकी हिरोइन शेरोन कुनेटाले इन्स्टाग्राममा शेयर गरेकी थिइन् । त्यसलगत्तै दुई दिनमै यो फोटोमा ३६ हजार लाइक र ५ सय भन्दा बढी कमेन्ट आएका थिए ।

शेरोन कुनेटाले फाटो शेयर गर्दै लेखेकी थिइन् ‘म यी बालकको सबै तरकारी किनेर यिनलाई स्कुल पठाउन चाहन्छु । कसैले मलाई उनको ठेगाना बताइदिन सक्नुहुन्छ ?’

उनले फोटो शेयर गरेसँगै अहिले फिलिपिन्स सरकारले पनि यी बालकको खोजी गरिरहेको छ । सरकारले यी बालकलाई भेटेर सहयोग गर्न खोजिरहेको जनाएको छ ।

सोसल मिडियामा शेयर भएसँगै अहिले यी बालकको फोटो निकै भाइरल भइरहेको छ । नेपालकी तरकारीवाली भाइरल भएजस्तै यी बालकको फोटो पनि निकै शेयर गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com