बुढी आमा भन्छिन् छोराको कुरामा “बुहारीले जुन जवाफ दिईन, त्यो सुनेर बाच्नु नै बेकार जस्तो लाग्यो


प्रकाशित मिति : श्रावण ४, २०७५ शुक्रबार

बुढी आमा भन्छिन् छोराको कुरामा “बुहारीले जुन जवाफ दिईन, त्यो सुनेर बाच्नु नै बेकार जस्तो लाग्यो :: एक पल्ट पढ्नु होस पक्कै पनि मन रुने छ ।

छोरा-बुहारी आफ्नो बेडरूममा कुरा गरिरहेका थिए, ढोका खुल्लै भएको कारण उनीहरुको कुरा बाहिर कोठामा बसिरहेकी बुढी आमाले पनि सुनिरहेकी थिईन । छोरा- हामी आफ्नो जागीरको कारणले गर्दा आमाको ध्यान राख्न सक्दैनौं, त्यसैले उहाँलाई बृद्धाआश्रम भर्ती गराईदिउँ “त्यहाँ उनको हेरचाह पनि हुन्छ र हामी पनि कहिलेकहिँ भेट्न जाँदै गरौंला ।

छोराको कुरामा “बुहारीले जुन जवाफ दिईन, त्यो सुनेर आमाको आँखाबाट आँसु निस्किए । बुहारी- पैसा कमाउनको लागि त पूरा जिन्दगी छ हजुर, तर आमाको आशिर्वाद जति पनि मिलोस् त्यो कम हुन्छ “उहाँलाई पैसाभन्दा धेरै हाम्रो साथको जरुरत छ । यदि मैले जब गरिन भने पनि धेरै नोक्सान नहोला, म आमासँगै बस्छु, बरु घरमै बच्चाहरूलाई ट्युशन पढाउँछु, जसकारण आमाको हेरचाह पनि हुनेछ ।

याद गर्नुस्, बचपनमै तपाइँको बुवा बित्नुभयो, तपाइँकी आमाले निक्कै दुख कष्ट सहेर तपाइँको पालनपोषण गर्नुभयो, तपाइँलाई पढाउनु भयो लेखाउनु भयो, यत्तिको सक्षम बनाउनु भयो । त्यतिबेला उहाँले तपाइँलाई कहिल्यै छिमेकीको भरोसामा छोड्नु भएन, कारण: तपाइँको हेरचाह उहाँ बाहेक अरु कसैले राम्रोसँग गर्न सक्दैन्थ्यो । र आज त्यही आमालाई तपाइँ यस्तो भन्दै हुनुहुन्छ?? तपाइँ जेसुकै भन्नुस्, तर आमा हाम्रो साथमै रहनुहुनेछ, सधैं, अन्तिम क्षण सम्म ।

बुहारीको कुरा सुनेर आमा रुन थाल्छिन, र रुँदै पुजा कोठामा पुग्छिन, ईश्वरको अगाडि उभिएर आमा उनको आभार व्यक्त गर्दै भन्छिन- भगवान, तपाइँले मलाई छोरी दिनु भएन, यसकारण धेरैपटक मैले तपाइँको अपमान गरेकी थिएँ, तर.. आज यस्तो लक्ष्मी मेरो घरमा दिनुभयो “तपाइँको आभार कसरी प्रकट गरुँ ? लक्ष्मि जस्ती बुहारी पाएर मेरो जिन्दगी सफल भयो भगवान, धेरै धेरै धन्यवाद तपाइँलाई ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com