अमेरिकाको मिसौरीमा डुङ्गा दुर्घटना, ११ को मृत्यु, ५ बेपत्ता


प्रकाशित मिति : श्रावण ४, २०७५ शुक्रबार

अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ।

यस दुर्घटनामा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको र अरु पाँच जना हराएका स्थानीय अधिकारीले जानकारी दिएका छन्। आँधी आएका कारण सो डुङ्गा डुबेको बताइएको छ। पर्यटकहरु जल सयर गरिरहेका बेला ठूलो आँधीबेहरी आएको र त्यसका कारण सो दुर्घटना भएको जनाइएको छ।

सो दुर्घटनामा मारिएकामा केही बालबालिका पनि रहेका जनाइएको छ। यस दुर्घटनामा घाइते भएका सात व्यक्तिलाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ।

स्थानीय समयाअनुसार बिहीबार साँझ ६ः३० मा भएको सो घटनाको समयमा डुङ्गामा ३१ व्यक्ति सवार रहेका थिए। तीमध्ये केहीलाई भने सकुशल उद्धार गरिएको जनाइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com