इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम विश्वकप इतिहासमै तेश्रो स्थान बनाउन सफल


प्रकाशित मिति : असार ३०, २०७५ शनिबार

इंग्ल्याण्डलाई पराजित गर्दै बेल्जियम पहिलोपटक विश्वकपमा तेश्रो भएको छ । तेश्रो स्थानका लागि सेन्ट पिटर्सवर्ग रंगशालामा भएको खेलमा इंग्ल्याण्डलाई २-०ले पराजित गर्दै तेश्रो स्थान बनाउन सफल भयो ।

फ्रान्ससँग सेमिफाइनलमा पराजित भएको बेल्जियम र क्रोएसियासँग पराजित भएको इंग्ल्याण्ड दोश्रो पटक आमने–सामने भएका हुन् । खेलको ४ मिनेटमा नै गोल गर्दै म्युनियरले सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफ एक शून्यले अग्रता बनाएको बेल्जियम दोश्रो हाफमा भने निकै दबाबमा आएको थियो । तर, खेलको ९० मिनेटमा हर्जाडले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए ।

इंग्ल्याण्डले बललाई आफ्नो पक्षमा राखेपनि कुनै गोल भने गर्न सकेन र बेल्जियम रुस विश्वकपमा तेश्रो स्थान हात पार्न सफल भयो । अब उपाधिका लागि भने आइतबार लुझिन्की रंगशालामा फ्रान्स र क्रोएसिया आमने–सामने हुँदैछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com