को बन्ला न्यूयोर्कमा नयाँ नियोग प्रमुख


प्रकाशित मिति : असार २५, २०७५ सोमबार

न्यूयोर्कस्थित राष्ट्रसंघीय नियोग प्रमुख दुर्गाप्रसाद भट्टराईलाई फिर्ता बोलाउने मन्त्री परिषदको निर्णयसँगै सबैभन्दा आकर्षक मानिने स्थानको नयाँ नियोग प्रमुख को होलान् भन्ने चर्चा परिचर्चा कुटनीतिक बृत्तमा सुरु भएको छ। मन्त्री परिषदको आइतबार (२४ असार) को बैठकले नियोग प्रमुख भट्टराईलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

पाँच बर्षअघि न्यूयोर्कस्थित नियोगमा स्थायी प्रतिनिधिको रुपमा नियुक्त भएका भट्टराईको कार्यकाल गत साउनमा नै सकिएको थियो। यद्यपी, अर्काे व्यवस्था नभइन्जेलसम्मका लागि तत्कालिन सरकारले भट्टराईको कार्यकाल थप गरेको थियो। न्यूयोर्क नियोग प्रमुखको जिम्मेवारी सम्हाल्नुअघि भट्टराई परराष्ट्र मन्त्रालयका सचिव थिए।

को बन्ला नियोग प्रमुख?

स्रोतका भनाईमा, न्यूयोर्क नियोगको नयाँ प्रमुखको रुपमा विभिन्न व्यक्तिले इच्छा देखाएका छन्। त्यसमध्ये एक हुन्, वासिङ्टन डिसीस्थित राजदूत डा अर्जुन कार्की। नयाँदिल्लीस्थित दूतावासमा समेत रुचि देखाएका कार्कीले न्यूयोर्क नियोग प्रमुख बन्नका लागि पनि उत्तिकै लविङ गरिरहेको चर्चा परराष्ट्र मन्त्रालयमा छ। वासिङ्टन डिसीमा कार्कीको पदावधि अझै १ बर्ष बाँकी छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विद्यादेवी भण्डारीको पहिलो राष्ट्रपतीय कार्यकालमा विदेश मामिला सल्लाहकार रहेका डा मदनकुमार भट्टराईले पनि न्यूयोर्क नियोगको जिम्मेवारी पाउनसक्ने सम्भावना उत्तिकै रहेको स्रोतले बतायो। परराष्ट्र सचिवहरुले अवकासको अन्तिम समयमा न्यूयोर्क नियोगको जिम्मेवारी पाउने भएपनि भट्टराईको अवकासका बेला खालि नभएकाले जापानको राजदूतको जिम्मेवारी दिइएको थियो।

डा भट्टराईले यो जिम्मेवारी नपाएमा न्यूयोर्क नियोगको अर्का स्वभाविक दावेदार हुनेछन्, परराष्ट्र मन्त्रालयका बरिष्ठ सहसचिव भरतराज पौड्याल। बैरागीले परराष्ट्र सचिवकै रुपमा निरन्तरता पाउँदा पौड्याल तत्कालका लागि परराष्ट्र सचिवको अवसरबाट बञ्चित हुने भएकाले न्यूयोर्क नियोगको जिम्मेवारी पाउने सम्भावना उत्तिकै रहेको जानकारहरु बताउँछन्।

यदि सरकारले बैरागीलाई नै न्यूयोर्क नियोगको जिम्मेवारी दियो भने चाहिँ पौड्यालले नयाँ परराष्ट्र सचिवको जिम्मेवारी पाउनेछन्। किनभने, थाइल्याण्डको राजदूतको जिम्मेवारीमा रहेका खगनाथ अधिकारीपछि मन्त्रालयमा सबैभन्दा बरिष्ठ सहसचिव पौड्याल नै हुन्। राजदूत अधिकारीले उमेर हदका कारण साउनमा अवकास पाउने भएकाले बैरागीले न्यूयोर्कको जिम्मेवारी सम्हालेको स्थितिमा पौड्याललाई नयाँ परराष्ट्र सचिवको अवसर मिल्नेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com