उरुग्वेलाई हराउँदै फ्रान्स छैटौं पटक विश्वकप फुटबलको सेमिफाइनलमा


प्रकाशित मिति : असार २२, २०७५ शुक्रबार

उरुग्वेलाई २-० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार राति भएको खेलमा फ्रान्सलाई जिताउन राफेल भराने र एन्टोनी ग्रिजम्यानले गोल गरे ।

खेलको ४० औं मिनेटमा भरानेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । त्यसपछि ६१ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै टिमलाई सहज जित दिलाए ।

ग्रिजम्यानले डी एरिया बाहिरबाट प्रहार गरेको सट उरुग्वेका गोलकिपर फर्नान्दो मुस्लेराले राम्रोसँग क्लियर नगर्दा गोलपोस्टभित्र छिरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उरुग्वेका भरपर्दा स्ट्राइकर इडिसन काभानी घाइते भएर आज खेल्न सकेका थिएनन् ।

जसको असर खेलमा प्रत्यक्ष देखिएको थियो ।योसहित फ्रान्स विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छैटौं पटक हो ।

अब उसले फाइनल प्रवेशका लागि शुक्रबार राति हुने ब्राजिल र बेल्जियमबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com