अब बाहिरिने काे? उरुग्वे कि फ्रान्स, ब्राजिल कि बेल्जियम


प्रकाशित मिति : असार २२, २०७५ शुक्रबार

रुसमा जारी विश्वकप २०१८ मा आज शुक्रवारदेखि क्वाटरफाइनलका खेलहरु हुँदैछन् । आज उरुग्वे विरुद्ध फ्रान्स साँझ पौने ८ बजे र ब्राजिल विरुद्ध बेल्जियम राति पौने १२ बजे भिड्दैछन् ।

उरुग्वे विरुद्ध फ्रान्स

सन् १९५० पछि विश्व च्याम्पिएन बन्ने दौडमा रहेको उरुग्वे र सन् १९९८ को विश्वविजेता फ्रान्सले आज रुसको निज्नी नोभगोरोड रङ्गशालामा आआफ्नो सामथ्र्य प्रदर्शन गर्नेछन्। दुवै टोली अपराजित रहँदै विश्वकपको क्वाटरफाइनलमा पुगेका हुन् ।

समूह चरण अन्तर्गत खेलेका तीनवटै खेलमा उरुग्वे विजयी भएको थियो भने पोर्चुगललाई शीर्ष १६ अन्तर्गतको खेलमा २–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा फ्रान्ससँगको भेट पक्का गरेको थियो । उरुग्वेले प्रतियोगितामा हालसम्म विपक्षी टोलीबाट एक मात्रै गोल खाएको छ भने कुल ७ गोल गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै समूह चरणका खेलमा दुइमा जीत र एकमा बराबरीको नतिजा निकालेको फ्रान्सले समेत आफ्नो अपराजित यात्रा कायमै राखेको छ । शीर्ष १६ अन्तर्गतको खेलमा अर्जेन्टिना जस्तो बलियो टोलीलाई ४–३ को नमिठो हार चखाएको फ्रान्सको आक्रामक खेल शैली उसको बलियो पक्ष रहेको छ ।

ब्राजिल विरुद्ध बेल्जियम

जारी विश्वकप फुटबलको सर्वाधिक गोलकर्ता टोली बेल्जियम सन् १९८६ पछि पहिलो पटक सेमिफाइनलमा स्थान बनाउने लक्ष्यका साथ क्वार्टरफाइनलमा पाँच पल्टको विश्वविजेता ब्राजिलको सामना गर्दैछ। खेल नेपाली समय अनुसार पौने १२ बजे कजान रङ्गशालामा हुनेछ।

ब्राजिलको सन्तुलित टोलीलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्नु बेल्जियमलाई सहज नभएपनि लुकाकु र हाजार्ड जस्ता बलिया आक्रामक खेलाडीले बेल्जियमको मनोबल उच्च पारेको छ। शुक्रबारको खेलमा ब्राजिलका क्यासिमिरो टोलीमा हुनेछैनन्। उनको स्थानमा टोलीले फर्नाडिन्होलाई मैदान उतार्ने तयारी गरेको छ।

ब्राजिल शीर्ष १६ मा मेक्सिकोलाई २–० ले पराजित गर्दै क्वार्टरफाइनल प्रवेश गरेको हो भने बेल्जियमले दुई गोलले पछि परेको अवस्था उल्ट्याउदै जापानलाई ३–२ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको हो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com