Follow @khasokhasmag

किन अन्तरिक्षबाट नेपालसमेत दक्षिण एसियाको हावा फरक देखिन्छ ?


प्रकाशित मिति : असार १४, २०७५ बिहीबार

अन्तरिक्षबाट दक्षिण एसियाको अधिकांश भागको (नेपालको काठमाडौँसमेत तराई र पहाडी भूभाग) हावा भिन्दै देखिन्छ ।

यस पछाडि यहाँको हावामा रहेको फरमलडिहाइडको हात छ । रङ्गहीन हुने यो ग्यास प्राकृतिक रूपमा वनस्पतिहरूले उत्सर्जन गर्छन् । यसको अतिरिक्त विभिन्न प्रदूषण गराउने कार्यहरूबाट पनि यो ग्यास उत्सर्जन हुन्छ ।

हाल यो ग्यासको बढेको सघनता युरोपको नयाँ सेन्टिनेल–५पी भूउपग्रहले अवलोकन गरेको हो ।

यस जानकारीले वायुमण्डल सफा गर्ने नीति निर्माणमा सहयोग पुग्नेछ ।

के हो फरमलडिहाइड ?

खासमा वायुमण्डलका प्रमुख तत्वहरू नाइट्रोजन र अक्सिजनको तुलनामा फरमलडिहाइडको सिग्नल अत्यन्त कमजोर हुन्छ । प्रत्येक एक अर्ब हावाको अणुमा केही मात्रामा मात्र फर्मलडिहाइडको अणु हुन्छ ।

पछिल्लो भूउपग्रहिय तस्बिर अन्य प्रदूषणको सङ्केत हुनसक्ने रोयल बेल्जियन इन्स्टिच्युट फर स्पेस एरोनोमिकी इसाबेल डे स्मेडटले भनिन् ।

“फरमलडिहाइडमा कैयाँै प्रकारका अस्थिर प्रकारको जैविक यौगिक हुन्छ । त्यसको प्राकृतिक स्रोत वनस्पति हो । तर आगो वा प्रदूषणको कारण पनि तीनको मात्रामा वृद्धि हुन सक्छ ।”

“हुन त यो कुरा निश्चित क्षेत्रमा निर्भर रहन्छ तर ५० देखि ८० प्रतिशत सिग्नल जैविक स्रोतहरूबाट आउँछ । यदि सिग्नल योभन्दा बढी भएमा यसको पछाडि आगो वा प्रदूषणको हात हुनसक्छ । कोइला वा दाउरा जलाउँदा यस्तो हुन सक्छ । झन् दक्षिण एसियामा विशेष भारतमा बाली भित्र्याइसकेपछि बाँकी सबै झारपातलाई आगो लगाएर डढाउने चलन छ ।

त्यसका साथै दक्षिण एसियाका धेरै घरहरूमा खाना बनाउनका लागि उल्लेख्य मात्रामा दाउराको प्रयोग हुन्छ ।

यसबाट के खतरा हुन्छ ?

यो अस्थिर जैविक यौगिक जीवाश्म इन्धनसँग जल्दा नाइट्रोजन डाइअक्साइड उत्पन्न गर्छ । यो यौगिक सूर्यको प्रकाशको सम्पर्कमा आउँदा प्रतिक्रिया भएर जमिनको सतह नजिक ओजोनको निर्माण गर्छ ।

वायुमण्डलको उच्च स्थानमा हुँदा निक्कै उपयोगी हुने ओजोन ग्यासले पृथ्वीको सतहमा हुँदा भने जीवहरूको स्वासप्रस्वासमा कठिनाइ उत्पन्न गर्छ । यसले स्वास्थ्यसम्बन्धी अन्य समस्याहरू पनि निम्त्याउन सक्छ ।

माथिको पहिलो तस्बिर हेर्ने हो भने हिमालय पर्वतले मैदानी भागबाट बहेर गएको हावालाई उत्तर जानबाट रोकेको देखिन्छ ।

नक्सामा फर्मलडिहाइडको घनत्व कम देखिएको उत्तर पश्चिम भाग भारतको राजस्थानस्थित मरुभूमि हो । त्यहाँ एक त वनस्पति कम छ अर्को जनसङ्ख्या पनि कम छ

कति प्रभावकारी छ सेनिटल–५पी भूउपग्रह ?

सेनिटल–५पीलाई युरोपियन स्पेस एजेन्सीले युरोपियन युनियनको कपरनिकस अर्थ–मोनिटरिङ कार्यक्रमका लागि लन्च गरेको थियो ।

यो भूउपग्रहमा लगाइएको ट्रोपोमी उपकरणले वायुमण्डलमा रहेको फर्मलडिहाइडको अतिरिक्त नाइट्रोजन अक्साइड, ओजोन, सल्फर डाइअक्साइड, मिथेन, कार्बन मोनोअक्साइड र एरोसोल्स (वाफको सानो कणहरू)को अंश पत्ता लगाउन सक्छ ।

यो सबै ग्यासहरूले हामीले सास फेर्दा ग्रहण गर्ने हावामा असर पार्छ । यीमध्ये कैयाँै त मौसम परिवर्तनका लागि पनि जिम्मेवार छ ।

ट्रोपोमी उपकरण आफ्नो पूर्ववर्ती प्रणाली ‘ओमी’को सुधारिएको रूप हो । ओमीले अझै पनि काम गरिरहेको छ । यसले अमेरिकी खगोल एजेन्सीको एक भूउपग्रहमा रहेर पृथ्वीको चक्कर लगाइरहेको छ ।

डाक्टर डी स्मेट भन्छिन्– “हामीसँग पहिलेभन्दा राम्रा डाटाहरू छन् तर यो स्तरको जानकारीहरू जम्मा गर्नका लागि हामीले कैयाँै दिनसम्म ध्यान दिइहनुपर्छ, कैयाँै अवस्थामा त कैयाँै वर्षसम्म ।”

उनी भन्छिन्– “अहिले बाहिर आएको भारतको नयाँ नक्सामा चार महिनाका डाटाहरू प्रयोग गरिएको छ । ओमीलाई छ महिना लाग्ने सबै काम ट्रोपोमीले एक महिनामै गर्न सक्छ ।”

“अब हामीले तीव्र गतिमा जानकारीहरू पाउँछौं । हामी सानो स्तरमा हुने उत्सर्जनमाथि पनि ख्याल गर्न सक्छौं । यस्तो सिग्नल पहिले राम्रोसँग देखिँदैन थियो । उदारणका लागि हामीलाई तेहरानमा हुने उत्सर्जन हेर्नका लागि १० वर्षको डाटा आवश्यक प¥यो । यी नक्सामा तपाईं चार महिनाको मात्र ट्रोपोमी डाटा हेरिरहनुभएको छ ।”

एक टेस्ट पछि सेनिटल५पी सम्पूर्ण रूपले काम गर्न थाल्दछ । केही महिनापछि यसले नाइट्रोजन अक्साइड र कार्बन मोनोक्साइडको डाटा पनि सङ्कलन गर्न सुरु गर्छ । नतिजाका लागि भने हामीलाई जाडो यामसम्म पर्खनुपर्छ ।

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com