बलात्कारीको फिल्मी शैली: प्रहरी बनेर श्रीमानलाई कुटियो, जङ्गलमा लगेर श्रीमतीलाई बलात्कार


प्रकाशित मिति : असार १२, २०७५ मंगलबार

चितवनको पदमपुरमा एक महिला फिल्मी शैलीमा बलात्कृत भएकी छन् । प्रहरी बनेर आएका दुई युवकले कमला नाम परिवर्तन बलात्कृत भएकी हुन् ।

हामि प्रहरी हौँ भन्दै बुधबार साँझ कमलाको घरमा दुई युवक आएर उनको श्रीमानलाई कुटपीट गरेर श्रीमतीलाई नजिकको जंगलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

कमलालाई ती दुई युवकले थाङखोलाको जंगलमा बलात्कार गरेको उजुरी परेको इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिएका छन् ।

आफूहरु घुमुवा प्रहरी भएको र एउटा घटनाको अनुसन्धानको सिलसिलामा लिन आएको भन्दै महिलाको श्रीमानलाई घरबाट लिएर गएका थिए ।उनीहरुले पीडितको श्रीमानलाई कुटपिट गरेर बाटोमा नै छाडी पुनः घरमा गएर श्रीमतीसँग ‘तेरो श्रीमान भाग्यो अब तँ हामीसँग इलाका प्रहरी कार्यालय टाँडी जानुपर्छ’ भन्दै ती महिलालाई मोटरसाइकलमा राखेर लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी निरीक्षक भट्टका अनुसार ती युवाहरुले महिलालाई जंगलमा लगेर बलात्कार गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पीडितको उजुरीको आधारमा प्रहरीले कालिका नगरपालिका ३ बस्ने २३ बर्षीय प्रितम थिङलाई पक्राउ गरेको छ भने अर्का युवक फरार रहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com